Comments Add Comment

आर्यनलाई १२ लाख ?

नायक आर्यन सिग्देलले चलचित्र ‘कायरा’ आफ्नै ब्यानरमा निर्माण गरेपछि अब बाहिरी ब्यानरको चलचित्रमा काम गर्न तयार भएका छन् । आर्यनले काम गर्न लागेको नयाँ चलचित्रको नाम ‘हजार जुनी सम्म’मा हो । यो चलचित्रलाई विकासराज आचार्यले निर्देशन गर्दैछन् । यतिबेला, नायक आर्यन सिग्देलले यो चलचित्रका लागि लिएको पारिश्रमिकको चर्चा चुलिएको छ ।

चलचित्रका लागि नायक आर्यन सिग्देलले लिएको पारिश्रमिकको बारेमा विभिन्न आँकडा सार्वजनिक भैरहेका छन् । आर्यनले विकासको यो चलचित्रका लागि १२ लाख पारिश्रमिक लिएको चर्चा छ । आर्यनले यसअघि केही चलचित्रमा ६ देखि ८ लाखसम्म पारिश्रमिक लिएका थिए । आर्यनले विकासको चलचित्रका लागि सर्वाधिक महंगो पारिश्रमिक लिएका छन् ।

पछिल्लो समयमा नायकहरुको पारिश्रमिक वृद्धि भैरहेको समयमा आर्यनले पनि महंगो रकम लिएर चलचित्र साइन गरेको वुझिएकाृे छ । चलचित्रका लागि मुख्य भूमिकामा नायिका स्वस्तिमा खड्कासँग पनि कागजी संझौता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment