Comments Add Comment

यो सिजन मेस्सी धेरै आराममा

२४ असोज, काठमाडौं । रसिया विश्वकपबाट नमाजले बाहिरीएपछि अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी र क्लब बार्सिलोनाले आउँदो सिजन धेरै आराम गर्नेबारे कुराकानी गरेका थिए । जसमा बार्सिलोना जारी भएको थियो ।

अर्जेन्टिनाले साउदी अरबमा खेल्ने इराक र ब्राजिलसँगको मैत्रीपूर्ण खेलमा पनि मेस्सी सामेल हुने छैनन् । अन्तर्राष्ट्रिय खेलबाट उनी फुर्सदमा छन् ।

यो सिजन पछिल्लो ११ खेललाई हेर्दा मेस्सीले ९ सय ३५ मिनेट मात्रै खेलेका छन् । जबकी गएको सिजन ११ खेलमा नै उनले १ हजार ३ सय मिनेट खेलेका थिए ।

अझ २०१४/१५ को सिजनलाई हेर्ने हो भने त उनले ११ खेलमा नै १६ सय मिनेट मैदानमा रहेर खेलेका थिए ।

पछिल्लो १० सिजनलाई हेर्दा ११ खेलमा १ हजार भन्दा कम समय खेलेको मेस्सीले तीन पटक मात्रै हो । जसमा पनि कि त घाइते भएर कि त प्रिसिजनका खेलमा धेरै खेलेर उनी आराममा थिए ।

उनले २००८/०९ को सिजनमा ९ सय ४० मिनेट, २०१३/१४ मा ७ सय ६० मिनेट र २०१५/१६ को सिजन ९ सय ६ मिनेट खेलेका थिए । २०१५ कै बेला घुँडामा देखिएको चोटले उनले ९ खेल गुमाएका थिए ।

त्यसको दुई वर्ष अघि पनि उनको मसलमा देखिएको समस्याले सिजनको सुरुवात केही सुस्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment