Comments Add Comment

‘गोजीमा दाम छैन’लाई १ करोड भ्यूज

दिपेन्द्र के खनालको निर्देशन तथा माधव वाग्ले र शर्मिला पाण्डेको लगानीमा तयार भएको चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीतलाई युटुबमा १ करोड भन्दा बढी पटक हेरिएको छ । यो गीतलाई सामाजिक संजालमा खुबै रुचाइएपछि यसको निर्माणपक्ष दंग छ । कारण, गीतका कारण अहिले चलचित्रको व्यापारमा धेरै फरक परेको पाइन्छ ।

गीतमा हरिहर तिमिल्सिनाको शब्द, राजनराज सिवाकोटीको संगीत, राजन र मेलिना राइको स्वर छ । चलचित्रको यो गीतको भिडियोमा मुख्य कलाकारहरु प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सुरक्षा पन्त, परमिता आर एल राणा, सन्दिप क्षेत्रीलाई फिचरिङ गरिएको छ ।

चलचित्रको ट्रेलरलाई पनि रुचाइएको छ । नेपाली चलचित्रका गीत संगीतले अहिले नेपाली बजार कब्जा गरेका छन् । कात्तिकको १६ गतेबाट रिलिज हुने चलचित्रलाई पूर्ण रुपमा कमेडी कथामा तयार पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment