Comments Add Comment

दशैंको उमंगः शहरबाट गाउँतिर (फोटोफिचर)

२७ असोज, काठमाडौं । अध्ययन गर्न तथा विभिन्न पेशा व्यवसायका लागि राजधानी बस्दै आएकाहरु दशैं मान्न घर फर्किने क्रम ह्वात्तै बढेको छ । दशैंको फूलपातीको दिनदेखि सार्वजनिक विदा हुने भएकाले दशैं मान्न बिभिन्न जिल्ला फर्किनेहरुको संख्या बढेको हो ।

नयाँबसपार्क, कलंकी, बालाजु, कोटेश्वर, बल्खु लगायतका स्थानमा दशैं मान्न घर फर्किनेहरुको भिडभाड छ । दशैंको किनमेलले भरिएका झोला बोकेर गन्तव्य तर्फ लागेकाहरुको संख्या त्यहाँ उल्लेख्य छ ।

नागढुंगा, साँगा भञ्याङ हुदै वीपी राजमार्गबाट पूर्व, दक्षिणकाली हुँदै दक्षिण भेग, बालाजु बाइपास हुँदै नुवाकोट, धादिङ, रसुवातर्फ मानिसहरु दशैं मान्न जाने क्रम फूलपातीको दिन अत्यधिक बढेको छ ।

नागढुंगा नाका सबैभन्दा बढी यात्रु तथा मालबाहक सवारी साधन भित्रिने र बाहिरिने नाका हो । तर यतिबेला काठमाडौं उपत्यकामा भित्रिने भन्दा पनि काठमाडौंबाट बाहिरिनेहरुको संख्या धेरै देख्न सकिन्छ ।


दशैंको घटस्थापना अघिदेखि नै दशैं मान्न घर जाने क्रम सुरु भएको थियो । अहिलसम्म ११ लाख जनाले काठमाडौं उपत्यका छाडिसकेको छन्।

नागढुंगा नाका हुँदै सामान्य अवस्थामा दैनिक ३०/३५ हजारको हाराहारीमा राजधानी बाहिर र भित्र आउने गरेको भए पनि अहिले ७० देखि ८० हजार यात्रुहरु दैनिक बाहिरीइरहेका छन् ।

सवारी चाप बढी भएको सो नाकासम्मको सडक खराब भएकाले यात्रुसँगै सवारी चालक र ट्राफिक प्रहरीहरुले ठूलो समस्या भोग्दै आएका छन् । सडक विग्रेका कारण कलंकीबाट नागढुंगासम्म पुग्नकै लागि धेरै समय लाग्ने मात्रै होइन ट्राफिक व्यवस्थापन मिलाउन पनि समस्या भएको छ ।

बाहिरिनेको संख्या बढ्दै गएपछि नाकाहरुमा जामको सास्ती छ । सास्ती सहेर भए पनि दशैंको उमंग बोकेर धेरै सर्वसाधारण गाउँतिर लाग्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment