+
+
Shares

‘स्थानीय तहमा न्याय निरुपण गर्न दक्ष जनशक्ति आवश्यक’

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २९ गते १६:४३

२९ असोज, काठमाडौं । विज्ञहरुले स्थानीय तहलाई न्याय निरुपणका लागि दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् ।

पाटन उच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठले स्थानीय तहलाई न्याय निरुपणका लागि दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याएका हुन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले किनारा लगाउनुपर्ने न्याय सम्पादनमा स्थानीय तह अन्तरगतको न्यायिक समितिलाई चुनौती रहेको उल्लेख गर्दै दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने बताए ।

न्यायाधीश श्रेष्ठले स्थानीय सरकार संचालन ऐनमा प्रमुख प्रशासकीय अधिकृत र स्थानीय तहका अध्यक्ष अथवा प्रमुखबाट हुने न्याय निरुपणको क्षेत्राधिकार बाझिएकोतर्फ पनि सम्बन्धित निकायलाई सचेत गराए ।

स्थानीय प्रमुख प्रशासकीय अधिकृत र स्थानीय तहको प्रमुख वा अध्यक्षबीचको न्यायिक क्षेत्राधिकारमा देखिएको विवादका कारण पनि स्थानीय तहको न्यायिक समितिको काम प्रभावकारी हुन नसकेको न्यायाधिश श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद रामकुमारी झाक्रीले स्थानीय तहको न्यायिक समितिलाई न्याय सम्पादनमा देखिएको चुनौती सामना हुने गरी दक्ष कानून व्यवसायीको व्यवस्था गनर्ं सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनले नागरिकलाई सहज हुने गरी स्थानीय तहमा व्यवस्था गरिएको न्यायिक समितिलाई काम गर्न आवश्यक संरचनाको व्यवस्था गर्न ढिलाई गर्न नहुनेपनि स्पष्ट पारे ।

सांसद झाँक्रीले स्थानीय तहको न्याय सम्पादनका लागि व्यवस्था गरिएको न्यायिक समितिको कामलाई प्रभावकारी बनाउन ढिला गरिए स्थानीय तहका गरीब जनता मारमा पर्नेतर्फ पनि सरकारलाई सचेत गराए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?