+
+
Shares

एनआईसी एशियाको ‘न्यू प्रिमियम समुन्नति बचत खाता’ अब अनलाइनबाटै

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २९ गते १८:१८

२९ असाेज, काठमाडौं । एनआईसी एशिया बैंकको न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाटै खोल्न मिल्ने भएको छ ।

बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै खाता खोल्न लाइनमा बसीरहन नपर्ने र अब घरैमा बसी झण्झटरहित तरीका बाट आफ्नो बैंक खाता खोल्न सकिने जनाएको छ ।

अब ग्राहकहरुले अनलाइनबाट ‘न्यू प्रिमियम समुन्नति बचत खाता’ खोलेमा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधामा २० प्रतिशतको विशेष छुट पाउन सक्नेछन् ।

यस सुविधाबाट देश तथा विदेशमा रहेका ग्राहकहरुलाई बैंकको ‘न्यू प्रिमियम समुन्नति बचत खाता’ खोल्न सहजता होस् भन्ने उद्देश्यले संचालनमा ल्याइएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?