+
+
Shares

सुदूरपश्चिमको राजधानी गोदावरी बनाउने निर्णय उपयुक्तः नेता भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ३० गते १३:०८

३० असोज, कैलाली । पूर्वमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी बनाउने सरकारको निर्णय उपयुक्त भएको बताएका छन् ।

मंगलबार आˆनै निवासमा दशैं तिहारको अवसरमा अयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता भट्टले तेघरी राजधानीको लागि सुदूरपश्चिम प्रदेशको मिड पोइन्ट रहेको बताए ।

उनले धनगढीलाई ब्यबसायिक केन्द्रा , अत्तरियालाई प्रशासन केन्द्रा र दिपायललाई शैक्षिक सांस्कृतिक केन्ऽ बनाउन गुरुयोजना बनाउनु पर्ने भन्दै राजधानीका लागि सिफारिस गरिएको ठाउँका कु-काठहरु मात्रै रहेका कारण राजधानीका विषयमा टिकाटिप्पणी नगर्न आग्रह गरे । ‘मिडियामा जसरी जंगल मासेर राजधानी बनाइँदैछ भन्ने कुरो आयो त्यो सरासर गलत हो,’ उनले भने ।

फरक प्रशंगमा नेता भट्टले तत्काल प्रदेश सरकारको मन्त्रिमण्डल हेरफेरको सम्भाबना नरहेको बताए ।

शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?