Comments Add Comment

२० बर्षमा ‘कुछ कुछ होता है’: कसरी इन्ट्री भए सलमान ?

‘कुछ कुछ होता है’ फिल्म निर्माण भएको २० बर्ष पुगेको छ । यस अवसरमा निर्देशक/निर्माता करण जौहरले आज एक भव्य पार्टी दिदैछन् । पार्टीमा राहुल- अंजली र टिना अर्थात शाहरुख खान, काजोल र रानी मुखर्जी एकसाथ कार्यक्रममा उपस्थित हुने तय भएको छ । तर, अमन अर्थात सलमान खान भने कार्यक्रममा देखिने छैनन् । खासमा उनी आफ्नो फिल्मको छायांकनमा व्यस्त छन् ।

अरुले छाडेको भूमिका किन सलमानले लिए ?

करण जौहरले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । त्यसअघि उनी साहयक निर्देशकका रुपमा काम गर्थे ।

फिल्म बनाउने टुंगो भएपछि करणले त्यसका कलाकार खोज्न थालेछन् । शाहरुख खान र काजोलले चाहि फिल्म ‘दिलवाले दुल्हनिया ले जायेगें’ छायांकनकै क्रममा करणको फिल्म खेल्न मञ्जुर भएको बताएका रहेछन् । उक्त फिल्ममा करण साहयक निर्देशक थिए ।

फिल्मका लागि अन्जली र राहुल त मिल्यो । अब अमन कहाँ खोज्ने ?

करणले अमनको भूमिकाका लागि चन्द्रचूड सिंहलाई प्रस्ताव राखे । उनले अस्विकार गरे । अरुलाई पनि यसैगरी प्रस्ताव राखियो र उनीहरुले उक्त भूमिकामा खेल्न राजी नभएको बताए ।

सलमान खानकी बहिनी अलवीरा र करण एकदम मिल्ने साथी थिए । चंकी पाण्डेले दिएको एक पार्टीमा सलमान नै करणको नजिक आए र भने, ‘मैलें सुनें कि तिमीले फिल्म बनाइरहेका छौ रे । मकहाँ आएर फिल्मको कथा सुनाउँ ।’

अर्कोदिन करणले सलमानलाई फिल्मको आधा कथा सुनाए, त्यतीमै सलमानले अमनको भूमिका गर्न राजी भएको बताए । करणले सोधे, ‘अरे, भर्खर कथा आधा हुँदैछ, अमनको भूमिका आएकै छैन ।’

सलमानले भने, ‘त्यही कारण त त्यो भूमिका कसैले गर्न चाहेन ।’

खासमा सलमान खानको परिवार यश जौहरलाई निकै इज्वत गर्थे । त्यही कारण सलमानले करणको फिल्म खेल्छु भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment