Comments Add Comment

फिनल्यान्डको एउटा शहर, जो नोकियाको पतनसँगै ढल्यो र फेरि उठ्यो

एउटा समय मोबाइल फोनको दुनियामा फिनल्याण्डको कम्पनी नोकियाको चर्को बोलबाला थियो । सन् २००० को सुरुवातमा विश्वको मोबाइल बजारको ४० प्रतिशत हिस्सा उसको कब्जामा थियो ।

तर, १० वर्षभित्र नोकियाको हृयाण्डसेट ब्यापार नराम्रोसँग धराशायी भयो जब दक्षिण कोरियालीदेखि जापानी कम्पनी मोबाइल बजारमा हस्तक्षेप गरे । नोकियाको व्यापार चौपट हुँदा फिनल्याण्डको अर्थव्यवस्था नै प्रभावित भएको छ । ओलू नाम गरेको एउटा शहर त टाटै पल्टिएको छ किनकी यही शहरमा नोकियाले आफ्नो धेरै मोबाइल फोन उत्पादन गथ्र्यो ।

यो शहरको जनसंख्याको ठूलो हिस्सा आफ्नो जीविकाका लागि नोकियामा निर्भर थियो । फिनल्याण्डको सार्वजनिक फन्डिङ एजेन्सी ‘विजनेस फिनल्याण्ड’ सँग आवद्ध आर्टो पसिनेन भन्छन्, ‘नोकियाको बजार बिग्रिदा ४ हजार ३ सय मानिसले आफ्नो रोजगारी गुमाए ।’

नोकियालाई भएको घाटाको सिधा असर यस शहरका वासिन्दालाई पर्‍यो । दैनिक जनजीवन नै प्रभावित भयो । स्लीप ट्रयाकर नामक डिभाइस बनाउने कम्पनी ओउरा रिङमा आवद्ध पेट्टरी लाथेला भन्छन्, ‘त्यतिबेला मानिसहरुमा चरम निराशा छाएको थियो । अब के हुन्छ र त्यसको सामना कसरी गर्ने भन्ने कसैलाई मेसो थिएन ।’

त्यसबेलाको अवस्था सम्झँदै आर्टो भन्छन्, ‘शहरको माहौल निकै गम्भीर थियो । तर, फेरि अचानक मानिसहरुलाई महसुस भयो कि नयाँ सुरुवात पनि हुनसक्छ ।’

एक नयाँ सुरुवात

नोकियाको पतनपछि ओलू शहरका मानिसहरुले प्रविधि क्षेत्रमा एक नयाँ सुरुवात गरे । नोकियाले पनि यसमा भूमिका खेल्यो ।

आर्टो पसिनेन भन्छन्, ‘त्यसबेला विश्वमै सूचना र सञ्चार प्रविधिमा माहिर मानिसहरु कम थिए । त्यही बेला अचानक एक शहरमा ४ हजार ३ सय यस्ता बेरोजगार मानिस थिए, जसको यसमा विज्ञता थियो । उनीहरुले सक्रिय रुपमा काम गर्न थाले ।’

स्थानीय मानिसले आफ्नो सम्पर्क र क्षमताका आधारमा नयाँ काम सुरु गर्ने अवसर पाए । पेट्टरी लाथेला भन्छन्, ‘उनीहरु फोन बनाउँथे । तर, उनीहरुको ज्ञानको प्रयोग वेरेबल डिभाइस, मेडिकल डिभाइस, अटोमेटिभ इडस्ट्रीमा पनि हुनसक्थ्यो ।’

नोकियाको भूमिका

फिनल्याण्डको यो शहरमा नोकियाले अहिले पनि महत्वपूर्ण भूमिका निभाएको छ । किनकी नेकवर्क अपरेशनको क्षेत्रमा यो अहिले पनि एक खेलाडी हो ।

आर्टो पेसिनेन भन्छन्, ‘एक प्रकारले नोकियाको हृयाण्डसेट विजनेस चौपट हुँदा ओलू शहरका लागि राम्रो पनि भयो । अब यहाँ सूचना तथा सञ्चार प्रविधिमा विविधिता छ । यहाँका कम्पनीले कार उद्योग, डिजिटल हेल्थ जस्ता क्षेत्रमा काम गरेका छन् ।’

नोकियासँग जोडिएका एर्जा सनकारी ओलू शहरको नयाँ यात्रामा नोकियाको भूमिका सम्झाउँदै भन्छन्, ‘कर्मचारीलाई नयाँ अवसर दिने हेतुले हामीले बि्रज नामको कार्यक्रम सुरु गर्‍यौं । यो निकै सफल रहृयो । यही कारण ४०० नयाँ स्टार्ट अप सुरु भयो ।’

फिनल्याण्डको यो शहर अहिले पनि आईसीटी इडस्ट्रीका कारण निकै मजबुत स्थितिमा छ ।

पसिनेन भन्छन्, ‘फिनिश भाषामा एउटा शब्द हुन्छ सिसू, जसको अर्थ हुन्छ कहिल्यै हार नमान्ने र भविश्यतर्फ हेरेर प्रयास गर्दै जाने । यो शहरको सफलताको रहस्य पनि यही हो ।’

यो समय ओलू शहर प्राविधिक आविष्कारको केन्द्र बनेको छ । शहरको ५ जी टेस्ट नेटवर्क यसको प्रमाण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment