+
+
Shares

राष्ट्रपतिले लगाइन् आमा र पुजारीको हातबाट टीका

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २ गते १३:०३

२ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शुभसाइतमै वडादशैंको टीका लगाएकी छन् ।

राष्ट्रपति भवन शितल निवासमा शुक्रबार बिहान ९ः ५१ को शुभसाइतमा हनुमानढोकास्थित दशैंघरका मुल पुजारी देवराज अर्यालले टीका लगाइदिएका हुन् ।

राष्ट्रप्रमुखलाई दशै घरका मुल पुजारीले दुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा लगाईदिने परम्परा छ । टीका ग्रहणका बेला मंगल धुन बजाइएको थियो ।

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेको हातबाट पनि टीका लगाएकी छिन् । लगतै राष्ट्रपति भण्डारीले आफ्ना छोरी ज्वाइँलाई टीका र जमरा लगाइदिएकी छन् ।

राष्ट्रपति भण्डारीले सर्वसाधारणका लागि टीका लगाइदिने कार्यक्रम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?