+
+
Shares

राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई सोमबार सम्बोधन गर्ने

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले वैशाख २८ गते दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ।
  • मन्त्रिपरिषद्को निर्णय अनुसार सम्बोधन कार्यक्रममा उपस्थितिका लागि संघीय संसद्का सबै सदस्यहरूलाई आह्वान गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय भएको छ।
  • राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था तथा अभ्यास रहिआएको छ।

२५ वैशाख, काठमाडौं । सरकारले आगामी वैशाख २८ गते सोमबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै दिएको जानकारीअनुसारउक्त सम्बोधन कार्यक्रममा उपस्थितिका लागि संघीय संसद्का सबै सदस्यहरूलाई आह्वान गर्नसमेत राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय भएको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था तथा अभ्यास रहिआएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?