Comments Add Comment

साहरुखको गीत कभर गाएका सोनम अब पूजाका हिरो

 

नायिका पूजा शर्माले आफ्नै ब्यानरमा चलचित्र निर्माण तथा अभिनय गर्न थालेपछि नयाँ नयाँ नायकहरुसँग काम गरिरहेकी छिन् । नायक पल शाहसँग चलचित्र ‘म यस्तो गीत गाउँछु’मा काम गरेकी पूजाले ‘रामकहानी’मा नायक आकाश श्रेष्ठसँग काम गरिन् ।

अब नायिका पूजा शर्माले नयाँ चलचित्रमा अभिनय गर्दैछिन् । निर्देशक सुदर्शन थापाले निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘सम्हालिन्छ कहिले मन’ राखिएको छ । यो चलचित्रको हाल धमाधम गीत रेकडिङ भैरहेको छ । चलचित्रको शिर्ष गीतलाई नायक सुगम पोखरेलले गाएका छन् । सुगमकै चर्चित गीत सम्हालिन्छ कहिले मनबाट सापटी लिएर यो चलचित्रको नाम राखिएको हो ।

नायिका पूजा शर्माको चलचित्रमा नायक को होलान् भन्ने कौतुहलता दर्शकमा हुनसक्छ । यो चलचित्रमा युटुबमा निकै चर्चित बनिसकेका सोनम थोप्देनले काम गर्दैछन् ।

युटुबमा सोनमले गाएको बलिउड नायक साहरुख खान अभिनित चलचित्र ‘जब ह्यारी मेट सेजल’को ‘हवाए’ बोलको गीतलाई करिब ३७ लाख भ्यूज मिलेको छ भने ८१ हजार भन्दा बढीले लाइक गरेका छन् । सोनमको आवाज निकै सुमधुर छ । सोनमको लुक्स पनि आकर्षक छ ।

भारतको मनालीमा जन्मिएका सोनम तिब्बतिएन गायक हुन् । उनले नेपाली, हिन्दी, अंग्रेजीका साथै विभिन्न भाषाका गीतको कभर गाएका छन् । कभर गायनबाट उनको लोकप्रियता कमाएका छन् । उनी, गीत लेख्ने र संगीत भर्ने समेत काम गर्छन् ।

सोनम च्यारेटीमा विशेष रुची राख्छन् । उनले च्यारेटीका लागि नेपाल, भारत लगायतका विभिन्न देशमा गीत पनि गाइसकेका छन् । सोनमले केही एल्बम समेत बजारमा ल्याएका छन् । उनले गाएका गीतलाई युटुबमा निकै मन पराइएको छ । यसैले, उनको माग विश्वभर आयोजना हुने कन्सर्टमा खुबै हुने गरेको छ ।

सोनम अहिले कन्सर्टका लागि पेरिसमा छन् । उनी आफ्नो कन्सर्ट सकेर नेपाल आउनेछन् र चलचित्रमा संझौता गर्ने तयारीमा रहेको वुझिएको छ । चलचित्रमा २ नायक र १ नायिका हुने वुझिएको छ । चलचित्रमा सोनम र पूजाले काम गर्दैछन् भने एक नायक को हुने फाइनल गरिएको छैन ।

म्यूजिकल लभ स्टोरी चलचित्रका लागि सोनमसँग उत्साहित रहेको वुझिएको छ । चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ भन्ने पक्का भैसकेको छैन । तर, यसको निर्माणपक्षले चाडै नै चलचित्रको छायांकन सुरु गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment