Comments Add Comment

वेष्ट इन्डिज र भारतको रोमाञ्चक खेल

८ कात्तिक, काठमाडौं । एक दिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा भारत र वेष्ट इन्डिजबीचको खेल बराबरीमा सकिएको छ ।

बुधबार राति भएको खेलमा भारतले दिएको ३२२ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले ३२१ रन नै बनाएपछि खेल बराबरीमा सकिएको हो ।

वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३२१ रन बनाउन सक्यो । कुनै बेला जित नजिक पुगेको वेष्ट इन्डिज अन्तिम ५ ओभरमा चुक्न पुग्यो । अन्तिम बलमा जितको लागि वेष्ट इन्डिजलाई ५ रन आवश्यक थियो । क्रिजमा थिए शाई होप । होपले अन्तिम बलमा चौका प्रहार गर्दै खेल बराबरीमा टुंग्याएका थिए ।

होपले १२३ रन बनाएपनि जित दिलाउन भने सकेनन् । त्यस्तै, वेष्ट इन्डिजका लागि शिम्रन हेटम्यरले ९४ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३२१ रन बनाएको थियो । भारतका लागि कप्तान विराट काहलीले शतकीय पारी खेले । उनले अविजित १५७ रन बनाए । उनले १२९ बलमा १३ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै, भारतका लागि आमबती रयुडुले ७३ र शिखर धवनले २९ रन बनाएका थिए ।

यसअघि भएको पहिलो खेलमा भारतले वेष्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment