Comments Add Comment

युवाहरुको सक्रियतामा ‘भिजिट जनकपुर’, बढ्यो पर्यटकको संख्या

८ कात्तिक, जनकपुरधाम । जनकपुरमा घुम्न आउने बाह्य र आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ ।

धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको जनकपुरलाई पर्यटन, धार्मिक, सांस्कृतिक विकासका लागि चिनाउन जनकपुरका युवाहरुसमेत अग्रसर भएछि पर्यटकको संख्यामा वृद्धि भएको हो ।

जनकपुरमै पढे लेखेर देश विदेशमा विभिन्न क्षेत्रमा जिम्मेवार पदमा कार्यरत युवाहरु भिजिट जनकपुर नामक वेबसाइट सञ्चालन गर्नुका साथै अन्तर्राष्ट्रियस्तरमा जनकपुरलाई चिनाउने अभियान थालेका छन् ।

विदेशका पर्यटकहरु इन्टरनेटमा नेपालका बारेमा खोज्दा सगरमाथा, पशुपतिनाथ, लुम्बिनीसहितका देशका धरोहरहरु मात्र प्राथमिकतामा आउने गरेकाले अव जनकपुर र यसक्षेत्रको महत्वलाई पनि इन्टरनेटमा प्राथमिकतामा ल्याउन अभियान थालिएको कोड फर नेपालका सस्थापक जनकपुर निवासी रवी नेपालले बताए ।

वि.स. २०२० सालसम्ममा १५ लाख पर्यटक नेपाल भित्र्याउने नेपाल सरकारको महत्वकांक्षी योजनामा सहयोग गर्ने उद्देश्यले कोड फर नेपालको अगुवाईमा भिजिट जनकपुरको माध्यमबाट धार्मिक संस्कृतिकको बारेमा जानकारी दिन सहकार्य हने कोड फर नेपालले निर्देशक रोशन घिमिरेले जानकारी दिए ।

अभियान अन्तर्गत जनकपुरको घुम्नै पर्ने महत्वपूर्ण स्थलहरु, मिथिला आर्ट, संस्कृति, बस्ने सुविधा, मिथिला परिकार र भोजन भ्रमणमा हुने खर्चसहितका सम्पूर्ण विवरणहरु राखिने छ ।

अभियानलाई सार्थक बनाउन टिमले केही दिनमै जनकपुरमा इन्टरनेट प्रविधि सम्बन्धी कार्यक्रम आयोजना गरिने इन्टरनेट प्रविधि जानकार अमित झाले जानकारी दिए ।

यस कार्यको लागि प्रदेश नम्बर २ को सरकार र जनकपुरधाम उपमहानगरपालिकासंग समेत अभियानमा समन्वय गने कार्य भैरहेको निर्देशक घिमिरेले जानकारी दिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणपछि जनकपुरमा पर्यटकाके संख्यामा वृद्धि हुँदै गइरहेको छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको जनकपुरलाई ५२ कुट्टी ७२ कुण्डाको शहरको नामले चिनिन्छ ।

जनकपुरमा पाइलै पिच्छे विभिन्न देवी देवताका आकर्षक मठमन्दिर र तालतलैया हेर्न पाइन्छ भने त्यो मध्येको प्रमुख एक जानकी मन्दिर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment