८ कात्तिक, काठमाडौं । वेस्ट इन्डिजसँगको एकदिवसीय सिरिजमा बाँकी तीन खेलका लागि तीब्र गतिका बलर भुवनेश्वर कुमार र जसपि्रत बुमराहलाई टिममा फर्काइएको छ ।
सुरुका दुई एकदिवसीयमा उनीहरुलाई आराम दिइएको थियो । साथै टिमबाट मोहम्मद सामी बाहिरिएका छन् । उनी गुहाटीमा भएको खेलमा महंगा सावित भएका थिए । जसमा दुई विकेट लिएपनि उनले ८१ रन खर्चिएका थिए ।
केदार ज्यादव पनि टिममा र्फकने खबर बाहिरिएका बेला उनको नाम अन्तिम १५ खेलाडीमा भने छैन ।
पहिलो एकदिवसीय ८ विकेटले भारतले जितेको भए पनि दोस्रो एकदिवसीय बराबरी भएको थियो । तेस्रो एकदिवसीय शनिबार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4