+
+
Shares

चितवनमा भेटरीनरी एन्टिवायोटिक औषधीको अभाव

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ८ गते १८:३९

८, कात्तिक, चितवन । सरकारले आयातमा रोक लगाउँदा चितवनमा भेटरीनरी एन्टिवायोटिक औषधीको अभाव देखिएको छ । यसको प्रत्यक्ष मारमा किसानहरु परेका छन् ।

भेटरीनरी एसोसिएशन चितवनका अध्यक्ष दिनेश कट्टेलका अनुसार एन्टिवायोटिक रोकिदा व्यवसायीदेखि किसानसम्म मारमा परेका छन् । युरोपेली देशबाट केही रजिष्टर गरिएकाबाहेक अन्य एन्टिवायोटिक नेपाल आएका छैनन् । पाँच महिना अगाडिदेखि एन्टिवायोटिक ल्याउन रोक लगाइएको अध्यक्ष कट्टेलले बताए ।

एन्टिवायोटिकको प्रयोगलाई नियमन गर्न कडाइ गरिएको हुन सक्ने अध्यक्ष कट्टेलले बताए । किसानहरुले भारतको रक्सौल लगायत सीमावर्ती क्षेत्रमा पुगेर एन्टिवायोटिकहरु ल्याउने गरेका छन् । पोल्ट्री व्यवसायी डा. तिलचन्द्र भट्टराईले सरकारले विस्तारै रोक्ने जानुपर्नेमा एकैपटक रोक्दा कुखुरा उत्पादनमा समस्या आएको बताए ।

‘सरकारले बढी असर गर्ने एन्टिवायोटिकहरुको वर्गीकरण गरेर क्रमशः रोक्दै जानुपर्नेमा एकैपटक रोक्दा व्यवस्थापनमा समस्या आएको छ, मृत्युदर बढेको छ’ व्यवसायी डा. भट्टराईले भने, ‘अध्ययन नै नगरि एन्टिवायोटिक रोक्नु हुँदैन्थ्यो, सवै एन्टिवायोटिकहरुले हानी गर्ने खालका हुँदैनन ।’

चितवनमा एसोसिएशनमा आवद्ध १७३ वटा भेटेनरी औषधी पसलहरु छन् । पसलमा एन्टिवायोटिक खोज्न दैनिक किसानहरु आउने गरेको तर नहुँदा फर्काउनुपर्ने बाध्यता रहेको भेटरीनरी एसोसिएशन चितवनका अध्यक्ष दिनेश कट्टेल बताउँछन् ।

जथाभावी एन्टिवायोटिकको प्रयोगमा रोक लगाउनु आवश्यक भए पनि सरकारले एकै पटक बन्द गर्न नहुने अध्यक्ष कट्टेलको तर्क छ ।

सरकारले एन्टिवायोटिकहरुको जथाभावी प्रयोगका कारण मानव तथा जीवजन्तुमा असर गरेको भन्दै भेटरीनरी एन्टिवायोटिक आयातमा रोक लगाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?