+
+
Shares

जब २८ लाखमा किनेको कालो घोडा एकाएक सेतो बन्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ९ गते ९:१६

निकै मन परेर किनेको महंगो चिजको चमक गयो भने मन खिन्न हुन्छ । जब लाखौँ खर्च गरेर किनेको घोडाको रङ नै रातारात बदलिन्छ, तब के होला ?

भारतको पञ्जाबमा हालै यस्तै घटना भएको छ । फरिदकोटमा बस्ने करनबीर इन्टर सिंह नामका व्यक्तिले साढे १७ लाख भारु अर्थात् २८ लाख रुपैयाँ हालेर स्थानीय घोडा व्यापारी मेवा सिंहसँग गत नोभेम्बरमा एउटा कालो रङको घोडा खरीद गरेका थिए । त्यो घोडा निकै नै असल मारवाडी नश्लको भएको दाबी मेवा सिंहले गरेका थिए । सुरुमा २४ लाख भरु मूल्य गरेकोमा अन्तिममा साढे १७ लाख भारुमा कुरा मिलेर घोडा किनबेच भयो ।

करनबीरले घोडा किनेर घरमा ल्याए । मन परेको रङको घोडाको स्याहार सुसारमा उनी निकै खटिए । तर केही दिनमै घोडाको रङ बदलिन थाल्यो । ठाउँ ठाउँमा सेतो रौँका टाटाहरु देखिन थाले । सुरुमा त उनले त्यसलाई नजर अन्दाज गरेतर केही दिनपछि नै उनको घोडा पूर्ण रुपमा सेतो बन्यो ।

कालो घोडा सेतो भएको विषयमा उनले घोडा बेच्ने मेवा सिंहसँग पनि कुरा गर्ने कोसिस गे । तर मेवा सिंहले कुनै जवाफ दिएनन् । अन्ततः करनबीरले पुलिसमा उजुरी गरे ।

पुलिसले मेवा सिंह विरुद्ध फौजदारी अपराध कानूनको धारा ४२० अन्तर्गत ठगी तथा जालसाजीको अभियोगमा अभियोग दर्ता गरेको छ ।

मेवा सिंहले सेतो घोडामा कालो रङ पोतेर ठगी गरेको बताइएको छ । कालो रङको मारवाडी नश्लको घोडाको मूल्य उच्च हुने भएको हुँदा उनले सेतो घोडामा कालो रङ दलेका हुन् ।

समाचार अनुसार राजस्थानका यी चर्चित घोडा व्यापारीले यसअघि पनि धेरै मानिसहरुलाई ठगेको पत्ता लागेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?