+
+
Shares

बुटवलमा पहिलोपटक जुनियर राष्ट्रिय छात्रा भलिबल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ९ गते १२:०१

९ कार्तिक, बुटवल । बुटवलमा पहिलोपटक जुनियर राष्ट्रिय छात्रा भलिबल प्रतियोगिता हुने भएको छ ।

एभरेष्ट मावि बुटवलको आयोजनामा कात्तिक १५ देखि १७ सम्म सञ्चालन हुने प्रतियोगितामा १९ वर्षमुनिका खेलाडीले मात्र भाग लिन पाउने छन् ।

हालसम्म भएका प्रतियोगितामा पुरानै टिम र पुरानै खेलाडी खेल्दै आउँदा नयाँ खेलाडी उत्पादन नहुने समस्यालाई मध्यनजर गरी पहिलोपटक राष्ट्रियस्तरको जुनियर छात्रा भलिबल प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक एवं भलिबल प्रशिक्षक अर्जुन घिमिरेले बताए ।

प्रतियोगितामा आयोजक एभरेष्ट मावि, थ्री स्टार एकेडेमी काठमाडौं, न्यू डायमण्ड एकेडेमी काठमाडौं, प्यारामाउन्ट स्कूल काठमाडौं, टप्स बोर्डिङ पोखरा, काभ्रे जिल्ला भलिबल संघ, सुदूरपश्चिमाञ्चल क्याम्पस धनगढी, दीप बोर्डिङ मावि बुटवल, मणिमुकुन्द मावि बुटवल, श्रीगाउं खेलकुद विकास समिति दाङ, जानकी मावि चितवन, ज्ञानज्योति मावि नेपालगंज, विज्डम एकेडेमी कञ्चनपूर, रुद्रपुर पिसल्याण्ड बोर्डिङ र सगरमाथा मावि देवदहले भाग लिने निश्चित भएको आयोजकले जानकारी दिएको छ ।

यस क्षेत्रमै पहिलोपटक मयाटसहितको मैदानमा प्रतियोगिता हुनेछ । एभरेष्ट कप नाम दिइएको प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले २५ हजार, तेस्रोले १२ हजार, सान्त्वना टिम, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकले ५–५ हजार तथा उत्कृष्ट विधाका खेलाडीले एकहजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगितामा एक सय ६० जना खेलाडी खेल्नेछन् । प्रतियोगिता सम्पन्न गर्न १० लाख रुपैयाँ खर्च लाग्ने आयोजक विद्यालयका अध्यक्ष गमप्रसाद रेश्मीमगरले बताए । भलिबल खेलको विकास र नयाँ खेलाडी उत्पादन गर्न विद्यालयले यसअघि पनि विभिन्न प्रतियोगिता गर्दै आएको र यसपटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेको अध्यक्ष रेश्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?