Comments Add Comment

के तपाई पनि श्रीमतीसँग डराउनु हुन्छ ?

नेपालीमा एउटा उखान छ, ‘श्रीमान्-श्रीमतीको झगडा, परालको आगो ।’ यसल के संकेत गर्छ भने, श्रीमान् र श्रीमतीबीच झगडा हुनु अनौठो कुरा होइन । यो क्षणिक र निरन्तर हुने एक प्रक्रिया हो । श्रीमान्-श्रीमती झगडा गरेपनि त्यो स्थायी वा भयानक हुँदैन ।

कुनैबेला एक अध्ययनमा देखिएको थियो, हरेकजसो दम्पती बर्षमा तीन सय पैसठी पटक नै ठाकठुक पर्छैन् । भुक्तभोगीहरु भन्छन्, दम्पतीबीच जति धेरै ठाकठुक पर्छ, उत्तिनै उनीहरुवीचको सम्बन्ध प्रगाढ हुन्छ । व्यवहारिक जीवन परिपक्क हुन्छ ।

यसको आशय यो होइन कि, दम्पतीले झगडा गर्नैपर्छ । र, यसको आशय यो पनि होइन कि, झगडा गर्दैमा हुनेवाला केही छैन । कहिले काहीँ श्रीमान्-श्रीमतीको आपसी तित्तता भुसाको आगो जस्तै भित्र भित्रै सल्कन्छ र त्यसले भयानक रुप लिन सक्छ ।

अब लागौं, मूल कुरातर्फ ।

अक्सर श्रीमान् र श्रीमतीको प्रवृत्ति हुन्छ एकअर्कालाई दबाउन खोज्ने । वा आफ्नो अधिनमा राख्न खोज्ने । यस्तोमा कुनैबेला श्रीमान् अगाडि देखिन्छन्, कहिले श्रीमती । साथै कोही श्रीमानदेखि डराउने हुन्छन्, कोही श्रीमतीदेखि ।

यस्तो प्रवृत्ति महिलामा मात्र नभएर पुरुषमा पनि हुन्छन् । पुरुष आक्रामक हुदाँ महिला डराउँछन् भने महिला हावी हुदाँ कयौ पुरुष डराउँछन् ।

विभिन्न समयमा गरिएको अनुसन्धानहरुले पनि यो कुरालाई पुष्टि गरिसकेको छ कि विश्वमा श्रीमतीहरु मात्र होइन, श्रीमानहरु पनि आˆना श्रीमतिबाट प्रताडित छन् । शोषित छन् । त्यसैले त अहिले ‘पत्नी पीडित’को मुद्दा सतहमा देखिन थालिएको छ ।

तर, पुरुषप्रधान समाजमा श्रीमान्हरु यस्तो कुरा सहज रुपमा स्विकार्न वा खुलाउन चाहि हच्किन्छन् ।

आखिर किन ?

वैवाहिक जीवन असफल भएका करिब हजार जना पुरुषलाई लिएर गरिएको एक सर्वेक्षणले के देखाएको थियो भने श्रीमतीसँगको वादविवाद, घुर्की, धम्की, व्लाकमेलिङ लगायतका कारण उनीहरुलाई कार्यालय समय पछि घर जान समेत डर लाग्थ्यो ।

नार्सिसिस्ट पर्सनालिटी पनि हुनसक्छ कारण ?

प्रायमा के देखिएको थियो भने नार्सिसिस्ट पर्सनालिटी डिअर्डरको लक्षण भएका श्रीमतीबाट श्रीमानलाई भय उत्पन्न हुन्थ्यो ।  यही कुरा श्रीमतीहरुमा पनि लागु हुन्छ । र, यो डिसअर्डरबाट ग्रसित पुरुष श्रीमतीका लागि समस्याको कारण बन्ने गर्छन् ।

किनकी नार्सिसिस्ट पर्सनालिटी डिअर्डर एक प्रकारको व्यक्तित्व विकार भएको कारणले यसबाट ग्रसित व्यक्ति आˆनै बारेमा मात्र सोच्ने गर्छन् । उनीहरु आफैलाई मात्र सर्वोपरी ठान्दछन् । आˆनै मात्र प्रसंसा होसु, आफै प्रति मात्र सहानुभूति कायम होस् भन्ने सोच्छन् । र, अरुको वास्ता गर्दैनन् ।

त्यसबाहेक, पुरुषहरुमा अर्को समस्या के पनि देखिएको थियो भने पुरुषहरुले आˆनो कुण्ठा मनमै दवाएर राख्दछन् । अरुसित समस्याबारे खुलेर कुरा राख्न सक्दैनन् । किनकी हाम्रो समाजले पुरुषलाई यस प्रकारले सबैभन्दा माथि राखेको छ कि मानौ पुरुष कमजोर हुनै सक्दैन । उनीहरुको आँखाबाट आसु खस्नै सक्दैन  । जसले गर्दा ठूलो भन्दा ठूलो पिडा पनि उनीहरु मनमै दवाउने गर्छन् ।

परिणामस्वरुप, श्रीमान तथा श्रीमतीबीचको लडाई तथा झैझगडाका उनीहरुको पार्टनर प्रत्येक दिनमा तनावमा रहनुका साथै एञ्जाइटीबाट ग्रसित हुन्छन् ।

र, लामो समयसम्म यस किसिमको सम्बन्धमा रहनाले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । र , उनीहरुमा तनाव, एञ्जाइटी तथा डिप्रेसनको समस्या निम्तन सक्छ ।

कारण पत्ता लगाउने कि ?

आˆनो लाइफ पार्टनरलाई सम्झेरै यस्तो किसिमको डर पैदा भएरमा तुरुन्तै कारण पत्ता लगाउने कोशिश गर्नुपर्छ । पार्टनरको क्रोध, हिंसा, बहस तथा व्याकमेलिङबाट किन डराईरहनु भएको छ  यसबारे जान्न निकै आवश्यक छ ।

अरुको सहयोग लिने

कारण पत्ता लागेको खण्डमा उक्त विषयमा पार्टनरसित कुरा गरेर समस्याको समाधान गर्न सकिन्छ । कुनै कारणवस समस्या समाधान नभएमा  वा पार्टनर आक्रामक भएमा अरुको सहायता लिन सकिन्छ । परिवारको सदस्यको मद्दत लिन सकिन्छ । मनोपरामर्शदातालाई सम्पर्क गर्न सकिन्छ । अन्यथा, यस किसिमको डर, त्रासका कारण दैनिकी कष्टकर हुनुका साथै वैवाहिक जीवन तहसनहस हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment