+
+
Shares

धनगढीमा एमालेको जनसभा (तस्वीरहरू)

एमालेले संसद् पुनर्स्थापनाको माग गर्दै वडा, पालिका हुँदै आज जिल्लास्तरीय भेला आयोजना गरिरहेको छ ।

जनक विष्ट जनक विष्ट
२०८२ कात्तिक २९ गते १५:०४

२९ कात्तिक, धनगढी । नेकपा एमालेले आज देशैभर जिल्लास्तरीय जनसभाहरू आयोजना गरेको छ । एमालेले संसद् पुनर्स्थापनाको माग गर्दै वडा, पालिका हुँदै आज जिल्लास्तरीय भेला आयोजना गरिरहेको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पद त्याग्न बाध्य भएका थिए

त्यसपछि २७ भदौमा प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

एमालेले संसद विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाको आवाज उठाउँदै आएको छ ।

यसैबीच आज एमालेले विभिन्न जिल्लामा प्रदर्शन गरेको हो ।

तस्वीरमा हेरौं धनगढीमा आयोजित जनसभा :

 

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?