Comments Add Comment

दराजले ल्यायो ११.११, सबैभन्दा ठूलो सेल डेमा ८० प्रतिशतसम्म छुट

१२ कात्तिक, काठमाडौं । अनलाइन मार्केट, दराजले नेपालमा पहिलो पटक ११.११ ल्याएको छ । अंग्रजी महिनाको ११ औं महिनाको ११ औं दिन (नोभेम्बर ११ अर्थात् कात्तिक २५मा) उपभोक्ताले ८० प्रतिशतसम्म छुट पाउने छन्। ११.११संसारको सवैभन्दा ठूलो सेल डे हुने दराजले जनाएकोछ । नयाँ दराज एपको शुरुवात पछिको यस पहिलो विशाल अनलाइन मेलामा ग्राहकले सामान खरीद गर्न पाउने कम्पनीले जनाएको छ ।

के हो ११.११ ?

११.११ को शुरुवात अलिबाबाले सन् २००९ मा गरेको थियो । यसलाई ब्ल्याक फ्राइडेको एसियाली स्वरुपमा स्थापना गरेको हो । ११.११ मा ब्ल्याक फ्राइडे भन्दा चार गुणा बढी कारोबार हुने दराजले जनाएको छ । ११.११म ग्राहकहरुले ठूलो छुट अफर, फ्ल्यास सेल्स, हजारौ ब्रान्ड भौचरहरु, मिस्ट्री बक्स् र अन्य उपहारहरुका साथै पुर्ण व्यक्तिगत सपिङको अनुभव गर्न सक्नेछन् ।

११.११ ले नेपालको ई(कमर्स कम्पनीको क्रमभंगतालाई सन्तुलित गर्ने क्रममा रहेको दराज नेपालका प्रवन्ध निर्देशक राजिव अमात्यले बताए । ११.११ उत्कृष्ट अफर तथा छुट प्राप्त हुने उनको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment