Comments Add Comment

मकवानपुर बक्सिङ संघलाई मकाउमा रहेका खेलाडीको सहयोग

१३ कात्तिक, हेटौंडा । मकाउमा रहेका नेपाली खेलाडीहरुले मकवानपुर जिल्ला बक्सिङ संघलाई ९० हजार रुपैयाँको खेल सामग्री सहयोग गरेका छन् ।

पूर्वराष्ट्रिय बक्सिङ खेलाडी सुशील घिमिरेको नेतृत्वमा मकाउका ८ जना नेपाली खेलाडीहरुले संघलाई सहयोग गरेका हुन् ।

मकाउमा रहेका बिकास परियार, अजित गुरुङ, दिपा क्षेत्री, दिपेन्द्र महर्जन, दिपेन्द्र केसी, शुवाष भट्ट र अशोक पौडेलले खेल सामग्री खरिदका लागि आर्थिक सहयोग गरेका थिए ।

दशै मान्न नेपाल आएका सुशीलले मकवानपुरको बक्सिङ खेलको बिकास र खेलाडी उत्पादनका लागि खेल सामग्री हस्तान्तरण गरेको बताए ।

घिमिरेले मंगलबार जिल्ला खेलकुद विकास समिति मकवानपुरमा आयोजित कार्यक्रममा संघलाई बक्सिङका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।

काय्रक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलगायतले संघका अध्यक्ष भेष खड्गी र प्रशिक्षक लालबहादु पौडेललाई सामग्री हस्तान्तरण गरेका थिए ।

१२ जोर ग्लोव्स्, ४२ पिस म्याड, स्पि्रड बल, डम्वेल, स्किपीङ रोपसहितका सामग्री हस्तान्तरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment