Comments Add Comment

संसदीय समितिले खोकना र बुङ्मतीमा फास्ट ट्रयाकको अनुगमन गर्ने

१४ कात्तिक, काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार काठमाडौं-निजगढ द्रुतमार्गको स्थलगत अनुगमन गर्ने भएको छ ।

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले ललितपुरस्थित खोकना र बुङ्मतीका स्थानीय जनताको मागको सुनुवाइ गर्न सोही क्षेत्रभित्र रहेको सो द्रुतमार्गको बुधबार स्थलगत अनुगमन गर्ने निर्णय गरेको हो ।

खोकना र बुङ्मतीका स्थानीय जनताले समितिमा उजुरी दिएपछि त्यसलाई सम्बोधन गर्न बुधबार सो द्रुतमार्गको ललितपुरस्थित पहिलोखण्ड अनुगमन गर्न जान लागिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

खोकना र बुङ्मतीका स्थानीयले जग्गाको मुआब्जा उचित ढंगले नपाएको भन्दै न्याय दिन माग गर्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका थिए । सोही उजुरीलाई सम्बोधन गर्न आफूहरु सो क्षेत्र भित्रको द्रुतमार्गको स्थलगत अवलोकन गर्न जाने निर्णय लिइएको समितिकी सदस्य पम्फा भुसालले बताइन् ।

तर समितिका अर्का सदस्य कृष्णगोपाल श्रेष्ठले भने सो द्रुतमार्गको स्थलगत अनुगमनमा जाने समितिको निर्णयमा असहमति जनाएका छन् ।

उनले सो द्रुतमार्गका पीडितलाई नै समितिमै बोलाएर सुनुवाई गर्न सकिने धारणासमेत राखे । नेपाली सेनालाई नै समितिको बैठकमा बोलाएर द्रुतमार्गबारे विस्तृत जानकारी लिन सकिने समितिका सदस्य श्रेष्ठको भनाइ छ ।

नेपाली सेनाले निर्माण गरिरहेको सो द्रुतमार्ग अन्तरगत ललितपुरस्थित खोकना र बुङ्मतीका स्थानीय जनताले जग्गाको उचित मुआब्जा नदिएको भन्दै सो सडकखण्ड निर्माणको काम अवरुद्ध गरिरहेका छन् । सो सम्बन्धमा स्थानीय जनताको गुनासो सुनुवाई गरी सरकारसँग सचेत गराउने समितिको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment