Comments Add Comment

विकास खर्च निराशाजनक हुँदैमा अर्थतन्त्रमा असर पर्दैनः अर्थमन्त्री खतिवडा

१६ कात्तिक, विराटनगर । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रदेश र स्थानीय तहको विकास खर्च निराशाजनक हुँदैमा त्यसले राष्ट्रिय अर्थतन्त्रमा असर नपर्नेेे दाबी गरेका छन् ।

उनले प्रदेश र स्थानीय तहले खर्च गर्न नसके पनि आर्थिक तरलता उत्पन्न हुन नदिने गरी व्यवस्था गर्न लागिएको जानकारी दिए ।

विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री खतिवडाले प्रदेश र स्थानीय तहले पनि खर्च गर्ने क्षमता भने बढाउनु पर्ने बताए ।

उनले वित्तिय संघीयता लागू भएको चार महिनामा सबै ठीकठाक हुन्छ भनेर सोच्नु हतार हुने पनि बताए ।

प्रदेश सरकारको आफ्नै संरचनाहरु बन्ने क्रममा रहेको भन्दै उनले संघबाट प्रदेेश सरकारलाई संरचनाहरु एकै पटक हस्तान्तरण सम्भव नहुने जानकारी दिए ।

मन्त्री खतिवडालेे संरचना दिने र लिने विषय भएकोले दिनेले दिन सक्नु पर्ने र लिनेसँग त्यो संचालनको क्षमता हुनु आवश्य रहेको बताए ।

उनले कर्मचारी समायोजनमा ढिलो भएको स्वीकार गर्दै संघीय निजामती कानून आउनासाथ त्यो समस्या समाधान हुने बताए ।

अर्थमन्त्री खतिवडाले वित्त अयोगको अभावमा भने काम नरोकिएको दाबी गर्दै त्यसलाइ पनि चाडै टुङ्याउने जानकारी दिए । स्थानीय तहमा करको समस्या अहिले नरहेको उनको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment