+
+
Shares

तुलाधरको शव लाजिम्पाट लगियो (९ तस्वीर )

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १८ गते १६:३७

१८ कात्तिक, काठमाडौं । वामपन्थी नेता तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको शव उनको निवास लाजिम्पाट लगिएको छ । आइतबार दिउँसो काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएका तुलाधरको शव दिउँसो ४ बजेतिर निवासतर्फ लगिएको हो ।

अस्पतालमा तुलाधरलाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न दलका नेताहरु पुगेका थिए । नेकपाका अध्यक्ष प्रचण्ड, अर्का नेता माधवकुमार नेपाल, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, पूर्वसभामुख दमननाथ ढुंगाना, शिक्षामन्त्री गिरिराजमणि पोखरेल नर्भिक अस्पताल पुगेका थिए ।

नेकपा अध्यक्ष प्रचण्डले पद्मरत्न तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनको अग्रज भएको बताए । तुलाधरले मानव अधिकार र साँस्कृतिक आन्दोलन संवर्द्धनमा ऐतिहासिक भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

तुलाधरकै भूमिकाका कारण शान्ति प्रक्रियाको वातावरण बनेको पनि प्रचण्डले बताए । ‘उहाँ शान्ति प्रक्रियाको एउटा यस्तो फेसिलिटेटर हुनुहुन्थ्यो जसले नयाँ वातावरण बनाउन ऐतिहासिक भूमिका खेल्नुभयो’ उनले भने ।

पूर्वसभामुख दमननाथ ढुंगानाले तुलाधर समन्वयवादी मान्छे भएको बताए । ‘उहाँ समन्वयवादी मान्छे हो, मत मतान्तर हुन्छ, तर मिलेर देश चलाउनुपर्छ भन्नुहुन्थ्यो’ ढुंगानाले भने ‘अंग्रेजीमा भन्छन् नि परफेक्ट जेन्टलम्यान, उहाँ एकदम भलादमी मान्छे हो ।’

तुलाधर आफ्नो भाषा, संस्कृतिको सम्मान होस् भन्ने चाहना राख्ने व्यक्ति भएको पनि उनले बताए । ‘काठमाडौंका लागि त उहाँ धरोहर नै हो’ ढुंगानाले भने ।

हेर्नुहोस् अस्पतालमा तुलाधरलाई श्रद्धाञ्जली दिन आउनेहरुको तस्वीर

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?