Comments Add Comment

किशोर कथासंग्रह ‘आहा फूल’ पढेपछि…

‘आहा फूल’ किताब आफ्नो नामझैँ विशेषतः किशोर वर्गलाई लक्षित गरेर लेखिएको सुन्दर कथा सङ्ग्रह हो । यस कथा सङ्ग्रहको रचनाकार कौशिला रिसालले किशोर अवस्थाका बालबालिकालाई मनोरञ्जन र त्यसका साथसाथै हरेकथाबाट उपदेश पनि दिने अभिप्रयाले कथा सङ्ग्रह प्रकाशन गर्नुभएको छ ।

किशोरहरूलेे के सोच्दछन् ? उनीहरूलाई कस्तो वातावरणमा हुर्काउनुपर्दछ ? भन्ने प्रश्नको उत्तर यस कथा सङ्ग्रहमा प्रस्तुत गरिएको छ । किशोर किशोरीका चरित्र तथा कि्रयाकलापबाट नै यस कथा सङ्ग्रहमा किशोर मनोविज्ञानलाई उतारिएको छ ।

यस सङ्ग्रहमा ‘आमा मलाई भोक लाग्यो’ पहिलो कथा हो । त्यस्तै अज्ञानले गरेको भुल, आहा फूल…, असल साथी, हरियो सब्जी, सफलताको कथा, सामाजिक कार्य, मेरी आमा नै मेरो भगवान र सांस्कृतिक सम्पदा गरी नौवटा कथाहरू रहेका छन् । हरेक कथाले केही न केही सन्देश छोड्न सफल छन् ।

सङ्ग्रहभित्रका सम्पूर्ण कथाहरू किशोर मनोविज्ञानलाई बुझेर लेखिएकाले उत्कृष्ट छन् । तापनि ‘मेरी आमा नै मेरो भगवान’ भन्ने शीर्षकको कथा यस सङ्ग्रहमा मलाई सबैभन्दा मनपर्ने कथा बन्न पुगेको छ । यस कथामा ढुङ्गामा कुदिएको मूर्ति भगवान नभइ हामीलाई जन्म दिने हाम्रो लागि त्याग गर्ने आदर्शको प्रतिमूर्ति एवम् हाम्रो आमा नै हाम्रो भगवान हुन् भन्ने कुरा निकै रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।

त्यसैगरी ‘आमा मलाई भोक लाग्यो’ कथामा मीठो खानाको लोभमा आमाले पकाउनुभएको खाना नखाइकन रिसाएर सुतेको तर भोकले गर्दा सपनामा तर्सिएको किशोरको कथा रहेको छ । यस कथाले हामीले खाना खेर फाल्न हुँदैन, मीठो भन्दा पनि तागतिला खानेकुरा खानुपर्छ, भोजनभन्दा भोक मीठो हुन्छ भन्ने सन्देशलाई सरल तरिकाले लेखिएको छ ।

अपेक्षा ढकाल

‘अज्ञानले गरेको भुल’ भन्ने कथामा आफ्नो जिद्धि पूरा गर्न घर छोडेर हिडेको तर पछि दुःख पाएर आफ्नो गल्ती महसुस गरी घर फर्किएको सन्तरामको कथा छ । किशोर अवस्थामा हुने जिद्धिपनलाई यस कथाले देखाउन खोजेको छ । आमा बाबुले कहिल्यै पनि छोराछोरीको कुभलो चाँहदैनन् त्यसैकारण हामीले उहाँहरूको आदेश अर्थात् अर्तिर्उपदेशलाई सधैँ शिरोपर गर्नुपर्छ भन्ने सनदेश बोकको छ ।

आहा फूल… कथा (जुन सम्पूर्ण कथा सङ्ग्रहको संयुक्त नाम हो) मा भने कोपिलाको रूपमा बालबालिकाहरूलाई सङ्केत गरिएको छ । जसरी कोपिला उचित स्यार संभार र मलजल पाएमा मात्र राम्ररी फक्रनछ त्यसरी नै बालबालिका पनि उचित माया र संरक्षतणमा मात्र सफल व्यक्तित्व बन्न सक्दछन् भन्ने कुरा यसु कथाले प्रष्ट्याएको छ । त्यसै गरी ‘असल साथी कथा’ मा जीवनमा असल मित्रको कति महत्वपूर्ण भूमिका हुनछ भन्ने कुरा दर्शाइएको छ ।

‘हरियो सबजी’ कथामा भने जङ्क फुडले गर्दा हुने बेफाइदा, इलेक्ट्रोनिक सामानको असाबधानी प्रयोगले हाम्रो आँखामा निम्त्याउन सक्ने समस्याहरूलाई कथाकारले निकै रोचक ढङ्गले प्रस्तुत गर्नुभएको पाइन्छ । ‘सफलताको कथा’ शीर्षकको कथाले दुर्गम क्षेत्रमा जन्मेर पनि विएस्सी नर्सिङ् पढेकी मीनाको हिम्मतले हाम्रो पनि आत्मविश्वास बढाउँछ । उनको सङ्घर्षको कथा एवम् आफ्नै गाउँमा केही गर्ने चाहना विदेशिने हर युवा पीढिका निमित्त एउटा सन्देश र चुनौती बनेर उभिएको छ । उनीजस्तै युवाको देशलाई धेरै खाँचो छ । यस कथाले विदेशिन चाहने युवा पिढीको विचार बदल्न पक्कै पनि सहयोग गर्नेछ ।

यस कथा सङ्ग्रहको अन्तिम कथा भने सांस्कृतिक सम्पदा’ रहेको छ । यस कथामा सांस्कृतिक सम्पदाको महत्व एवम् सांस्कृति सम्पदाको बारेमा जानकारी प्रस्तुत गरिएको छ । हामीले सांस्कृतिक समपदाको अध्ययन अवलोकनबाट धेरै ज्ञान लिन सक्ने हुँदा बिदा वा फुर्सदको समयमा नयाँनयाँ सांस्कृतिक, प्राकृतिक तथा ऐतिहासिक स्थलको अवलोक गर्न सुझाएको छ ।

अतः किशोरहरूलाई मात्र भनेर लेखिएका किताबहरू बजारमा हत्तपत्त पाइँदैनन् । यसकारण किशोर वर्गका मनोविज्ञान बुझ्न यस्ता किताबहरू धेरै लेखिनुपर्छ भन्ने मेरो धारणा रहेको छ । यो पुस्तक आफैँमा निकै राम्रेा पुस्तक हो । यस भित्रका सम्पूर्ण कथाहरूको जानकारी विस्तृत रूपमा थाहा पाउन यो किताब सम्पूर्ण पाठकहरू विशेषत किशोर वर्ग तथा अभिभावकले समेत पढ्नैपर्छ भन्ने कुरा अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment