Comments Add Comment

एकै ओभरमा ४३ रन ! न्युजिल्याण्डमा बन्यो विश्व रेकर्ड

२१ कात्तिक, काठमाडौं । क्रिकेटको एक ओभरमा ६ बल फ्याकिन्छ । त्यसमा ६ वटै छक्का हान्दा पनि ३६ रन हुन्छ । तर, न्यूजिल्यान्डको हेमिल्टनस्थित सेडन पार्कमा बुधबार अनौठो म्याच भयो, जहाँ एक ओभरमै ब्याट्सम्यानहरुले बटुले ४३ रन ।

यो कुनै गल्ली क्रिकेट नभएर लिस्ट ए म्याच थियो । ‘द फोर्ड ट्रफी’ अन्तरगतको ५० ओभरको खेलमा नर्दन डिस्टि्रक र सेन्ट्रल डिस्टि्रक्ट आपसमा भिडेका थिए ।

विलेम लुडिकले फ्याकेको पहिलो बलमा ब्रेट हाम्पटोनले चौका हाने । त्यसपछि दोस्रो बलमा छक्का हाने । तर, यो नोबल थियो । ओभरको दोस्रो बैध बलमा हाम्पटोनले फेरि छक्का हाने, अनि सिंगल लिएर जोय कार्टरलाई स्ट्राइकमा ल्याए ।

आफ्नो पाचौं लिस्ट ए म्याच खेलिरहेका कार्टरले बाँकी तीनवटै बलमा लगातार छक्का प्रहार गरे । यसरी एक ओभरमा ४३ रन बन्यो जुन लिस्ट ए म्याचको विश्व कीर्तिमान हो ।

अति महंगो यो ओभरको रन चार्ट यस्तो थियो :

४, ६ नो बल, ६ नो बल, ६, १, ६, ६, ६

९ ओभरसम्म कसिलो बलिङ गरिरहेका लुडिकको फिगर १० औं ओभरमा ध्वस्त भयो । ९ ओभरसम्म ४२ रन खर्चेका उनले दश ओभर पूरा हुँदा ८५ रन चुहाइसकेका थिए ।

९५ रनमा ५ विकेटको अवस्थामा रहेको टिमर्लाइ कार्टर र हाम्पटोनको जोडीले छैटौं विकेटका लागि उनीहरुले एक सय ७८ रनको साझेदारीका साथ उद्दार गरे । हाम्पटोन आफ्नो पहिलो लिस्ट ए शतक बनाउन भने पाँच रनले चुके । उनले ९५ रन बनाए । कार्टरले भने शतकीय पारी खेले ।

लिस्ट एको एक ओभरमा सर्वाधिक रनको कीर्तिमान यसअघि सन् २०१३ मा ढाका पि्रमियर लिगमा कायम भएको थियो । सो प्रतियोगितामा जिम्बाबेका पूर्व कप्तान इल्टोन चिगुम्बुराले एक ओभरमै ३९ रन हानेका थिए । उनले चार छक्का र तीन चौका प्रहार गरेका थिए, जसमा एउटा नोबल थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment