Comments Add Comment

बोल्ड तस्बिरमा साम्राज्ञीका ३ कुरा

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्नो बोल्ड छविका कारणले पनि परिचित छिन् । साम्राज्ञीको यो विन्दास अवतारको कतै प्रशंसा हुन्छ त कतै आलोचना । तर, पनि उनलाई यस्तो कुराले खासै फरक पारेको छैन । उनै, साम्राज्ञीले अहिले स्विमिङ पूलमा रमाउँदै गरेका आफ्नो बोल्ड तस्बिर इन्स्टाग्राममा पोष्ट गरेकी छिन् ।

अधिकांश नायिकाहरुलाई जाडो मौसम लागेर पिर परेको बेलामा साम्राज्ञीले भने आफ्नो हट छविलाई छाडेकी छैनन् । साम्राज्ञीले कतै दिमाग र मुटु एकसाथ जोडिने कुरा गरेकी छिन् भने कतै उनले घाम डुब्नु अगाडिको तस्बिर भनेर पोष्ट गरेकी छिन् ।

कतै उनले आफ्नो होलिडेलाई गम्भिरतापूर्वक लिएको भन्दै पोष्ट गरेकी छिन् । पूनम गौतमले निर्माण गर्न लागेको नयाँ चलचित्रका लागि १५ लाख पारिश्रमिक लिएर संझौता गरेकी साम्राज्ञी यो चलचित्र छायांकनमा जानु अगाडि आफूलाई फ्रेस राख्न चाहन्छिन् ।

आफै शक्तिशाली बन्ने बाटोमा साम्राज्ञी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment