Comments Add Comment

आफै शक्तिशाली बन्ने बाटोमा साम्राज्ञी

चलचित्र ‘ड्रिम्स’मा काम गर्दा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नयाँ थिइन् । उनले यो चलचित्रमा चर्चित नायक अनमोल केसीसँग गरिन् । अनमोल केसीको नामले चलचित्र चल्यो, चर्चा साम्राज्ञीले पाइन् । पहिलो चलचित्रबाट नै यो खालको उचाई निकै कम कलाकारले पाउँछन् । साम्राज्ञी सोही भाग्यमानी नायिकामा परिन् ।

तर, साम्राज्ञीको सेकेण्ड प्रोजेक्टबाट हेर्ने हो भने उनको काम गराई अन्य नायिकाको भन्दा फरक छ । उनले ‘छक्का पन्जा २, छक्का पन्जा ३, जय भोले, लभ स्टेशन’ जस्ता चलचित्र छाडेकी छिन् । जबकी, उनले ‘तिमी सँग, कायरा, इन्टु मिन्टु लण्डनमा, ए मेरो हजुर २’ लगायतका चलचित्र गरिन् ।

साम्राज्ञीको काम गराई गम्भिरताका साथ मुल्यांकन गर्ने हो भने उनी चलेका नायकसँग दोश्रो चलचित्रबाट खासै देखिन नचाहेको वुझ्न सकिन्छ । उनले, दोश्रो चलचित्रमा काम गर्दा नायकको रुपमा नयाँ अनुहार सलिमान बानियाँ थिए । तेश्रो चलचित्र ‘तिमी सँग’मा काम गर्दा नाजिर हुसेन र आकाश श्रेष्ठ नायक भए । चौथो चलचित्रमा काम गर्दा उनले आर्यन सिग्देललाई रोजिन्, जो यतिबेला स्टारडम फर्काउने दौडमा छन् । यसपटक आर्यनलाई साम्राज्ञीको खाँचो बढी परेको थियो ।

पाँचौ चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’मा काम गर्दा पनि उनले नयाँ नायकलाई नै रोजेकी छिन् । धिरज मगर यो चलचित्रका मुख्य नायक हुन् । साम्राज्ञी अब छैटौ चलचित्रमा काम गर्दैछिन् । नाम तय नभएको यो चलचित्रमा नायकको रुपमा पुष्पल खड्का छन् । पुष्पल खड्कासँग आफ्नै नामले चलचित्र चलाउने दम छैन । यसैले, यो चलचित्रको मुख्य आकर्षण नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नै हुन् ।

सबै चलचित्रको विश्लेषण गर्दा साम्राज्ञीले चलचित्रमा आफू नायिका भन्दा पनि नायकको स्थान खोजेको देखिन्छ । नेपाली चलचित्रमा नायिकालाई सिमित पारिश्रमिक, सिमित भूमिकामा अल्झाउने परिपाटी छ । साम्राज्ञीले भने आफूलाई ‘हिरो’ बनाउन खोजेको देखिन्छ ।

दोश्रो चलचित्रबाट छैटौ चलचित्रसम्म आइपुग्दा साम्राज्ञीले शक्तिशाली नायक खोजेकी छैनन्, बरु आफू नै शक्तिशाली बन्न खोजेकी छिन् । चलचित्रमा यस्तो खालका जोखिम कमै मात्र कलाकार मोल्छन् । यसअघि नायिका रेखा थापाले चलचित्रमा यस्तो स्थान खोजेकी थिइन् र बनाइन् पनि ।

साम्राज्ञी चलचित्र क्षेत्रमा सर्वाधिक पारिश्रमिक लिने नायिका पनि हुन् । जसलाई १० देखि १५ लाख दिनका लागि निर्माताले धेरै सोच्दैनन् । यसैले पनि साम्राज्ञीको काम गराई र बजार भ्यालू हेर्दा उनी ‘हिरो साम्राज्ञी’ हुन् भन्दा फरक नपर्ला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment