Comments Add Comment

तेस्रो चरणको पत्रकार दुर्घटना बीमा सुरु, महासंघले माग्यो विवरण

२५ कात्तिक, काठमाडौं । पत्रकारहरुको तेस्रो चरणको दुर्घटना बीमा कार्यक्रम सुरु भएको छ । सूचना विभाग र नेपाल पत्रकार महासंघबाट श्रमजीवी तथा स्वतन्त्र पत्रकारहरूका लागि तेस्रो चरणको बीमा कार्यक्रम सुरु भएको हो ।

आर्थिक वर्ष २०७५/७६ मा पत्रकार दुर्घटना बीमा कार्यक्रममा सहभागिताका लागि महासंघका जिल्ला शाखा, प्रतिष्ठान शाखा र एसोसिएट संस्थाहरुमा कार्यरत पत्रकारहरूले आ–आफ्नो शाखा तथा संस्था मार्फत् प्रक्रिया पुर्याई ०७५ मंसिर १५ गतेभित्र विवरण पठाउन महासंघले अनुरोध गरेको छ ।

साथै, गत बैशाख र असारमा बीमा गरिएका श्रमजीवी पत्रकारले बीमाका लागि २०७६ बैशाखपछि सम्पर्क गर्न पनि महासंघले आग्रह गरेको छ ।

श्रमजीवी तथा स्वतन्त्र पत्रकारहरुले आफ्नो नामथर, जन्ममिति, सम्पर्क मोबाइल नम्बर, इमेल, इच्छाइएको व्यक्तिको नाम, महासंघको सदस्यता नम्बर, शाखा, प्रेस प्रतिनिधि प्रमाणपत्रको नवीकरण भएको प्रतिलिपि नम्बरसहितको विवरण र प्रतिव्यक्ति ७७ रुपैयाँ ६९ पैसाका दरले एकमुष्ठ रकम पनि बुझाउनु पर्नेछ ।

शाखाका पत्रकारको हकमा सम्बन्धित शाखाले संकलन गरी एकमुष्ठरूपमा महासंघ केन्द्रमा पठाउन सक्ने महासंघका कोषाध्यक्ष राजेश मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment