Comments Add Comment

अमेरिकामा ‘छक्का पन्जा ३’ले बनायो यस्तो रेकर्ड

नेपाली बक्स अफिसमा सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड बनाएको ‘छक्का पन्जा ३’ले अमेरिकामा नयाँ रेकर्ड बनाएको छ । अमेरिका र अष्ट्रेलियालाई नेपाली चलचित्रलागि सबैभन्दा शक्तिशाली बजार मानिन्छ । अमेरिकाको डालस टेक्सासमा यो चलचित्रले लगातार १ महिना प्रदर्शन हुने चलचित्रको रेकर्ड बनाएको छ ।

यसअघि ‘छक्का पन्जा, छक्का पन्जा २ र लुट २’ ३ सातापछि नियमित प्रदर्शन भएका थिए । यो चलचित्रको डालसमा अहिलेसम्म ६४ शो सफल प्रदर्शन भैसककेो छ । अझै पनि चलचित्रको प्रदर्शन जारी रहेको डालसका लागि आधिकारिक वितरक नेप्सिेन र प्लानेट थ्री फिल्मस्ले जानकारी दिएका छ । ‘छक्का पन्जा ३’को सफलतासँगै विदेशमा नेपाली चलचित्र प्रदर्शनका लागि हौसला मिलेको वितरकले बताएका छन् ।

नेपालमा १६ करोड भन्दा बढी ग्रस कलेक्शन गरेको यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । दिपकराज गिरी र दीपाश्री निरौलाको साथमा चलचित्रमा केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, वुद्दि तामाङ, निर शाह, अनुराग कुँवर लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment