+

डेम्बेलेलाई सजाय होइन अवसर दिएको हो : भालभर्दे

२०७५ कात्तिक  २५ गते १३:५३ २०७५ कात्तिक २५ गते १३:५३
डेम्बेलेलाई सजाय होइन अवसर दिएको हो : भालभर्दे

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर उसमान डेम्बेले ला लिगामा आइतबार राति ९ बजे हुने रियल बेटिससँगको खेलमा टिममा परेनन् ।

यसलाई धेरैले डेम्बेलेलाई दिइएको सजायका रुपमा ब्याख्या गरे पनि प्रशिक्षक एर्नेस्टो भालभर्देले भने उनका लागि अवसर भएको बताएका छन् ।

च्याम्पियन्स लिगमा इन्टर मिलानविरुद्ध सुरुवातमा पाएको अवसर होस् या ला लिगामा रायो भालेकानोविरुद्ध ५२ औं मिनेटमा, रियल मड्रिडविरुद्ध ७४ औं मिनेटमा या सेभिल्लाविरुद्ध २६ औं मिनेटमा डेम्बलेले राम्रै खेल देखाए पनि त्यो उनको क्षमताभन्दा धेरै कम भएको प्रशिक्षक भालभर्दे बताउँछन् ।

डेम्बेलेको खेल राम्रो भए पनि उनको क्षमता भन्दा कम भएकैले उनले अझै आफ्नो क्षमता बुझ्न केही समय लगाउनुपर्ने भालभर्देको भनाइ छ ।

‘डेम्बेलेलाई कुनै सजाय दिएको होइन, मान्छेहरुले त जसरी पनि बुझ्छन् नै, कुनै बेला कसैले खेल्ने अवसर पाउँछन्, कुनै बेला कसैले । आज डेम्बेले छैनन् । यसले उनको क्षमता कम छ भन्ने होइन’ भालभर्देले भने, ‘डेम्बेलेसँग जस्तो क्षमता छ त्यो भेट्न मुश्किल छ । हामी उनले त्यो क्षमता कुनै दिन देखाउन भनेर मद्दत नै गरिरहेका छौं ।’

रियल बेटिसविरुद्धको खेलमा डेम्बेले नरहे पनि घाइते रहेका लियोनल मेस्सी, स्यामुअल उमटीटी टिममा फर्किएका छन् । दोधारमा रहेका मार्क आन्द्रे टेर स्टेगेन पनि टिममा छन् ।

‘टिममा सबै राम्रो लयमा छन्, घाइते भएर फर्किएका उमटिटी र मेस्सीको अवस्था पनि अहिले राम्रो छ’ भालभर्देले भने, ‘मेस्सी ९० मिनेट नै खेल्न सक्छन् कि सक्दैनन् त्यो आजको खेलमा नै थाहा हुने छ । तर, उनी फिट छन् ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय