Comments Add Comment

अार्इअोएममा विद्यार्थीको विरोध प्रर्दशन

२५ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तरगतको चिकित्सा शास्त्र अध्ययन संस्थान (अार्इअोएम)ले चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारणमा आर्थिक चलखेल गरेको भन्दै विद्यार्थीहरुले बिरोध प्रर्दशन गरेका छन ।

महाराजगंजस्थित चिकित्सा शास्त्र अध्ययन संस्थानको डीन कार्यालयमा आइतबार बिहान भेला भएका उनीहरुले चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण निस्पक्ष ढंगले गर्न माग गर्दै विरोध प्रर्दशन गरेका हुन ।

आर्थिक चलखेल गरेर चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण हुन थालेपछि त्यसको विरोधमा डीन कार्यालय अगाडि नै प्रर्दशन गर्नु परेको विद्यार्थी कामना केसीले जानकारी दिए ।

उनले मेरिटको आधारमा कोटा निर्धारण नगरेर आफूहरुमाथि डीन कार्यालयले अन्याय गरेको आरोप समेत लगाए ।

विद्यार्थीहरुले चिकित्सा शास्त्र अध्ययन संस्थानको प्रशासनलाई कोटा निर्धारणमा धाँधली नगर्न पनि सचेत गराएका थिए । तर, डीन कार्यालयले आफूहरुको मागलाई बेवास्ता गरेको विद्यार्थीहरुको गुनासो छ ।

मेरिटको आधारमा चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण नगरेकोमा विद्यार्थीहरुको आपत्ति छ । उनीहरुले ५२ प्रतिशत नम्बर ल्याउने विद्यार्थीलाई कसरी चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण गरिएको भनि डीन कार्यालयलाई प्रश्न पनि गरेका छन ।

मेरिट विपरीत कोटा निर्धारण गरिएकोमा आफूहरुको आपत्ति रहेको विद्यार्थी कुशकुमार चौंधरीले बताए ।

चिकित्सा शास्त्र अध्ययन संस्थानले मेरिटको आधारमा चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण गर्नुपर्नेमा आर्थिक चलखेलको आधारमा कोटा निर्धारण गरेको भन्दै विद्यार्थीहरुले आईतबारबाट विरोध प्रर्दशन सुरु गरेका हुन ।

चिकित्सा शास्त्र अध्ययन संस्थानले चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण गर्दा आफूखुसी गर्ने गरेको गुनासो हरेक वर्ष हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment