२५ काठमाडौं, कात्तिक । बैंकमा तरलता समस्या व्यापक भए पछि तिहार लगत्तै आइतबार बसेको नेपाल बैंकर्स संघले एक साता चुपचाप बस्ने निर्णय गरेको छ ।
दशैं-तिहारमा खर्च भएको रकम बैंकिङ प्रणालीमा आउन नसकेको निष्कर्ष निकाल्दै एक सातासम्म पर्खने निर्णय गरेको हो ।
‘बैठकले एक सातासम्म दशैतिहारमा खर्च भएको रकम बैंकिङ प्रणालीमा आउने अपेक्षा गरेको छु’, संघको बैठकमा सहभागी एक बैंकरले भने, ‘यसकारण एक हप्ता चुपचाप बस्ने र अझै बैंकमा तरलता समस्या देखिए केहि विचार गर्ने निर्णय गरेका छौं ।’
संघको आगामी आइतबार बैंठक बस्ने निर्णय भएको पनि ति बैंकरले बताए । बैंठकमा केहि बैंकहरु कर्जा लगानीमा आक्रामक भएको र व्याजदर बढाउन हौसिएको भन्दै आलोचना समेत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4