+
+
Shares

उदयपुरमा ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु, ३६ बढी घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २५ गते १९:०४

२६ कात्तिक, उदयपुर । उदयपुरको वेलका नगरपालिका ८ रंगकमलमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

उदयपुर र सुनसरीको सिमाना कोशी पुलमा वनभोज खाएर फर्कर्दै गरेको स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र ३६ बढी घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा १९ वर्षकी विनिता चौधरी, २० वर्षका इन्द्र चौधरी र २० वर्षका दीपिका चौधरी रहेका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेका सबै वेलका नगरपालिका २ भागलपुरका स्थानीय हुन् । घाइतेहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

तीब्र गतिका कारण दुर्घटना भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक नवीन सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?