Comments Add Comment

पशुपतिशम्शेरसँगको भेटपछि कमल थापाले भने : एकता प्रयास भाँडियो

२५ कात्तिक, काठमाडौं । विभिन्न खेमामा विभाजित पूर्वपञ्चहरुको एकता प्रयास भाँडिएको छ । हैदसम्म लचकता अपनाउँदा पनि एकता प्रयास सफल नभएको राप्रपा अध्यक्ष कमल थापाले पार्टी नेताहरुलाई ‘ब्रिफिङ’ गरेका छन् ।

पछिल्लो केही दिनदेखि राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता वार्ता भइरहेको थियो । वार्तामा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा र नेता दीपक बोहोरा र एराप्रपा राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनी आफैं संलग्न भएका थिए ।

नेताहरुका अनुसार एकता घोषणा गर्न भोलि राष्ट्रिय सभागृह ‘बुक’ समेत भइसकेको थियो ।

तर, आइतबार दिउँसो भएको वार्तामा सहमति जुट्न सकेन । राप्रपा अध्यक्ष थापा केन्द्रीय समितिको बैठक रोकेर पशुपतिशम्शेरलाई भेट्न महाराजगञ्जको ला शेर्पा होटलमा पुगेका थिए । तर, संवैधानिक राजसंस्था, चुनाव चिह्न लगायतका विषयमा सहमति हुन सकेन ।

राणालाई भेटेर फर्किएपछि केन्द्रीय समिति बैठकमा थापाले आफूले हदैसम्म प्रयास गर्दा पनि पार्टी एकता सफल नभएको बताए । राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादी सिद्धान्तमा प्रष्ट हुन नसकेको, चुनाव चिह्नमा गाई छाड्न दबाव दिएको उनको बिफ्रिङ थियो ।

यसअघि थापा र राणाबीच दुबै अध्यक्ष हुने लगायत अधिकांश सैद्धान्तिक विषयमा सहमति भएको नेताहरुले दाबी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment