Comments Add Comment

कम बच्चा जन्माउँदा के हुन्छ घाटा ?

भनिन्छ, बालबालिकाहरु भविष्यका कर्णधार हुन् । यदि बालबच्चा जन्मिएनन् भने कुनै पनि देशको भविष्य खतरामा पर्दछ ।

हालै भएको एक अध्ययनले यहीँ खतरा औंल्याएको छ । जसअनुसार विश्वका महिलाहरुमा प्रजननदरमा कमी आएको छ, जसको नकारात्मक असर भोग्नुपर्नेछ ।

शोधकर्ताहरुका अनुसार उक्त शोधको नतिजा हैरान पार्ने खालको छ । प्रजननदरमा गिरावट आउनुको गम्भीर परिणाम हुन सक्दछ । जसका कारण समाजमा बालबालिकाभन्दा बुढाबुढीको संख्या धेरै हुनेवाला छ ।

विश्वका आधाभन्दा देशमा जन्मदरमा तीव्र गतिमा कमी आएको छ र त्यसले कुनै पनि ठाउँको जनसंख्याको प्राकृतिक मृत्युदरलाई धान्नका लागि पनि पर्याप्त बच्चा जन्मिएका छैनन् ।

द लेसेन्ट जर्नलमा छापिएको अध्ययन अनुसार हरेक देशमा सन् १९५० देखि २०१७ सम्मको जनसंख्याको प्रवृत्ति अध्ययन गरी यस्तो निष्कर्ष निकालिएको हो । सन् १९५० मा महिलाको औषत प्रजननदर ४.७ रहेकोमा सन् २०१७ मा २.४ मा झरेको छ ।

यद्यपि, देशगत रुपमा प्रजननदरमा तीव्र अन्तर छ । नाइजर तथा पश्चिम अफ्रिकामा प्रजनन दर ७.१ छ भने साइप्रसको भूमध्य द्वीपमा प्रजननदर १ छ ।

वैज्ञानिहरुका अनुसार प्रजननदर २.१ भन्दा कम भएमा कुनै पनि देशको जनसंख्यामा गिरावट आउन थाल्दछ । अझ बाल मृत्युदर उच्च रहेका देशमा जनसंख्याको गिरावट झनै तीव्र हुन्छ ।

सन् १९५० मा यो अध्ययन सुरु हुँदा कुनै प्नि देश यो श्रेणीमा थिएनन् । तर, अहिले आधाजसो देशमा जनसंख्या गिरावटको अवस्था छ ।

शोधकर्ताका अनुसार यदि प्रजननदर बढाउने उपाय नअपनाउने हो भने धेरै देशमा जनसंख्यामा गिरावट आउनेछ ।

रिपोर्ट अनुसार आर्थिक रुपमा विकशित युरोप, अमेरिका, दक्षिण कोरिया तथा अस्ट्रेलियामा प्रजननदर कम छ ।

यद्यपि, देशको कूल जनसंख्या निर्धारणमा प्रजननदर सँगै मृत्युदर तथा आप्रवासनदरको पनि भूमिका रहने हुँदा सबै देशमा जनसंख्या घट्ने अवस्थामा नहुन सक्दछ । तर विज्ञहरुका अनुसार भविष्यमा समाजहरु जनसंख्याको कमीसँग जुधिरहेको अवस्थामा हामी पुग्नेछौँ ।

विश्वमा आधाभन्दा धेरै देशमा पर्याप्त बच्चाको जन्म भैरहेको छ । तर देश जति आर्थिक रुपले सबल बन्दै गयो उति नै प्रजननदरमा कमी आएको पाइएको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment