Comments Add Comment

सिंगापुर एयरलाइन्स विश्वकै उत्कृष्ट

२७ कात्तिक, काठमाडौं । विश्वका उत्कृष्ट १० एयरलाइन्सको सूचीमा सिंगापुर एयरलाइन्स पहिलो नम्बरमा परेको छ ।

विमानसम्बन्धी वेबसाइट अष्ट्रेलियाको एयरलाइनरेटिङ्ग्स डटकमले सन् २०१९ का लागि मंगलबार सार्वजनिक गरेको विश्वका उत्कृष्ट १० एयरलाइन्सको सूचीमा सिंगापुर एयरलाइन्स पहिलो बनेको हो ।

यो सूचीमा पछिल्लो पाँच वर्षदेखि एयर न्युजिल्याण्ड पहिलो नम्बरमा रहँदै आएको थियो । एयर न्युजिल्याण्ड नयाँ सूचीमा दोस्रो स्थानमा झरेको छ ।  यस्तै अष्ट्रेलियाको क्वान्टास तेस्रो, कतार एयरवेज चौथो नम्बरमा पर्दा भर्जिन अष्ट्रेलिया पाँचौं र युएइको इमिरेट्स छैटौं नम्बरमा छ ।

सूचीको सातौं नम्बरमा अमेरिकाको अल निप्पोन एयरवेज छ भने ताइवानको इभा एयर आठौ र हङकङको क्याथे प्यासेफिक नवौं नम्बर छ । सूचीको पुच्छारमा जापान एयरलाइन्स छ ।  उत्कृष्ट १० एयरलाइन्समा युरोप र उत्तर अमेरिकी क्षेत्रका कुनै पनि एयरलाइन्स परेका छैनन् ।

एयरलाइन रेटिङका प्रमुख कार्यकारी निर्देशक एवं प्रधान सम्पादक जेफ्री थोमसले आफूहरुले गरेको सर्वेक्षणमा सिंगापुर एयरलाइन्स विश्वकै उत्कृष्ट ठहरिएको बताए ।  एयरलाइनरेटिङ्ग्स डटकमले प्रदान गर्ने अवार्ड संस्थाका १२ सम्पादकले तय गरेको मापदण्ड अनुसार हुन्छ ।

त्यसमा विमानको आयु, यात्रुको प्रतिक्रिया, मुनाफा, लगानीको श्रेणीकरण, सेवाको प्रस्ताव, कर्मचारीसँगको सम्बन्ध जस्ता विषयलाई मापदण्ड बनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment