Comments Add Comment

जन्मदिनमा हरिवंशले संझिए मिरा, भने–‘तस्बिर ढोगेर आर्शिवाद लिएँ’

नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रका चर्चित कलाकार हरिवंश आचार्यले आज आफ्नो ६१ औं जन्मदिन मनाएका छन् । हरिवंशले बिहानै गणेश मन्दिरमा पुगेर पूजा गरे । उनको जन्मदिनको अवसर पारेर काठमाण्डौको रेडियो अडियोमा केक काटेर सेलिव्रेशन समेत गरिएको थियो ।

केक काट्ने कार्यक्रममा बोल्दै आचार्यले आफ्नो दिवंगत पत्नी मिरा आचार्यलाई संझिए । उनले भने–‘मैले बिहानै उठेर मिराको तस्बिर ढोगे र आर्शिवाद लिएँ । उनी मेरा लागि भगवान् भैसकेकी छिन् । मेरो जीवनलाई यो स्थानमा ल्याउनका लागि मिराको योगदान अमुल्य छ ।’

हरिवंशले जन्मदिनमा चलचित्र क्षेत्र, पत्रकार, साथीभाई, परिवार सबैलाई संझिएर आर्शिवाद लिएको समेत सुनाए । नेपाली चलचित्र निर्माणमा समेत लागेका हरिवंशले यूवापुस्ताका कलाकारको उर्जा आफूमा सरोस् भन्ने कामना समेत गरेका थिए ।

हरिवंशलाई जन्मदिनको शुभकामना दिदै कलाकार मदनकृष्ण श्रेष्ठले जीवन सफल हुनका लागि एक श्रीमति र एक साथी हुनुपर्ने बताए । आफूले हरिवंश जस्तो साथी पाएको भन्दै उनले आफ्नो जीवन सफल भएको समेत स्पष्ट पारे ।
हरिवंशलाई हाँस्य कलाकारहरु दिपकराज गिरी, सिताराम कट्टेल, जितु नेपाल, किरण केसी, कुञ्जना घिमिरे लगायतले शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment