News Summary
Generated by OK AI. Editorially reviewed.- कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बायोपिक फिल्म 'म मदनकृष्ण'को छायाङ्कन आगामी १९ भदौबाट सुरु हुने भएको छ।
- निर्देशक मिलन चाम्सले निर्देशन गर्ने उक्त फिल्ममा मदनकृष्णको भूमिकामा महेश त्रिपाठी र पत्नी यशोधाको भूमिकामा केकी अधिकारीले अभिनय गर्नेछन्।
- हरिवंश आचार्यको भूमिकामा अरुण क्षेत्री र उनकी पत्नीको भूमिकामा वर्षा राउतलाई अनुबन्ध गरिएको निर्देशक चाम्सले जानकारी दिनुभयो।
काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित कथानक फिल्म ‘म मदनकृष्ण’ छायांकन तयारीमा छ । यो फिल्मलाई मिलन चाम्सले निर्देशन गर्दैछन् ।
श्रेष्ठको यो बायोपिक फिल्म यसको कास्टिङलाई लिएर चर्चित छ । फिल्ममा महेश त्रिपाठीले मदनकृष्णकै शीर्ष भूमिका निर्वाह गर्नेछन् भने उनकी पत्नी यशोधाको रोलमा केकी अधिकारीलाई देख्न पाइनेछ ।
कौतुहलता यो थियो कि, मदनकृष्णको कलाकारिता यात्राका सहयात्री हरिवंश र उनकी पत्नीको भूमिकामा कसले अभिनय गर्नेछन् भनेर । निर्माताले हरिवंशको भूमिकामा ‘गौंथली’ फेम्ड अरुण क्षेत्रीलाई कास्ट गरिसकेका छन् ।
अब, हरिवंशकी पत्नीको रोलमा निर्माताले वर्षा राउतलाई कास्ट गरेका छन् । यसबारे थप खुलाइएको छैन ।
‘म मदनकृष्ण’को छायांकन १९ भदौदेखि सुरु हुने जानकारी निर्देशक चाम्सले दिए । भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति हुने यो फिल्मलाई राजकुमार श्रेष्ठले निर्देशन गर्नेछन् ।
प्रतिक्रिया 4