News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’ को डिजिटल अधिकार ओएसआर डिजिटललाई बिक्री गरिएको छ ।
- निर्देशक मिलन चाम्सले ओएसआर डिजिटलले अहिलेसम्मकै महँगो मूल्यमा डिजिटल अधिकार खरिद गरेको जानकारी दिनुभएको छ ।
- फिल्ममा मदनकृष्ण श्रेष्ठको भूमिकामा महेश त्रिपाठी र उनकी श्रीमती यशोधाको भूमिकामा केकी अधिकारीले अभिनय गर्नेछन् ।
काठमाडौं । भदौ दोस्रो सातादेखि छायांकन सुरु हुने कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक फिल्म ‘म मदनकृष्ण’ को डिजिटल अधिकार ओएसआर डिजिटललाई बिक्री गरिएको छ ।
मूल्य नखुलाइएपनि महंगो मूल्यमा फिल्मको राइट बिकेको जनाइएको छ । यसअघि सृष्टि केसी र एन्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म निर्देशन गरेका मिलन चाम्सको यो तेस्रो निर्देशकीय बायोपिक हुनेछ ।
७६ वर्षिय वरिष्ठ कलाकार श्रेष्ठको जीवनीमा आधारित हुने बताइएको यो फिल्मको गतसाता निर्माण घोषणा गरिएको थियो ।
श्रेष्ठको बाल्यकाल, सरकारी जागिरे जीवन, कलाकार हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाह, आरोह–अवरोहको कथावस्तुलाई फिल्ममा समेटिने जनाइएको छ ।
राइट विक्रीबारे चाम्सले भने, ‘ओएसआरले अहिलेसम्मकै महँगो मूल्यमा हाम्रो सिनेमाको डिजिटल राइट खरिद गर्नुभएको छ । यो मदनकृष्ण दाइप्रतिको सम्मान र उहाँको ब्रान्ड भ्यालुको नतिजा हो ।’
फिल्ममा मदनकृष्णको भूमिकामा महेश त्रिपाठीले अभिनय गर्नेछन् । केकी अधिकारीले श्रेष्ठकी श्रीमती यशोधाको भूमिका निर्वाह गर्ने जनाइएको छ ।
मदनकृष्णको करिअरमा महत्व राख्ने अभिनेता आचार्यको भूमिकामा कुन कलाकार देखिन्छ भन्ने कुुरालाई अहिलेसम्म गोप्य राखिएको छ । फिल्ममा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनाल पनि देखिनेछन् ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहने यो फिल्मलाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् ।
प्रतिक्रिया 4