News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता हरिवंश आचार्यले फिल्म ‘महाजात्रा’को कार्बन उत्सर्जन कटौती वाचाअनुसार काभ्रेमा वृक्षारोपण सुरू गरेका छन्।
- उनले काभ्रेको धुलिखेल वडा १२ स्थित शंखुमा ५० वटा टिमुरका बोट रोपेका हुन्।
- हरिवंशले त्यहाँ कुल २०० विरुवा रोप्ने वाचा गरेका थिए, र अब एभोकाडो रोप्ने तयारी छ।
काठमाडौं । अभिनेता हरिवंश आचार्यले फिल्म ‘महाजात्रा’ को बेला कार्वन उत्सर्जन कटौतीमा योगदान दिने भन्दै वृक्षारोपण गर्ने वाचा गरेका थिए । वाचाअनुसार, उनले पुर्ख्यौली थलो काभ्रेमा वृक्षारोपण थालेका छन् ।
हरिवंशले केही दिनअघि काभ्रेको धुलिखेल वडा १२ मा पर्ने शंखुस्थित जग्गामा ५० वटा टिमुरको बोट रोपेका हुन् । त्यसपछि एभोकाडो रोप्ने हरिवंशको तयारी छ ।
‘टिमुरको बोटमा काँडा हुने भएर यसले बारको काम पनि गर्छ । यो नगदेबाली पनि भएकाले रोपेको हुँ’ हरिवंशले भने । हरिवंशले त्यहाँ कुल २०० विरुवा रोप्ने वाचा यसअघि गरेका थिए ।
यसअघि फिल्म महाजात्राका निर्माताले कार्वन तटस्थ पहलअनुसार फिल्म छायांकन गरिएको बताएका थिए । छायांकनको बेला केही हिस्सा कार्वन उत्सर्जन हुने भएपछि हरिवंशले सोहीअनुसार विरुवा रोपेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4