Comments Add Comment

‘चङ्गाचेट’मा दर्शक बढे, निर्देशक भन्छन्–‘मेरो भोगाई सधै यस्तै’

रिलिज भएको दोश्रो सातामा चलचित्र ‘चङ्गाचेट’ले वर्ड अफ माउथका कारण व्यापारमा गती बढाएपछि निर्देशक दिपेन्द्र के खनालको अनुहारमा खुशी छाएको छ । मंगलबार बेलुकी काठमाण्डौको कुमारी हलमा भेटिएका दिपेन्द्रले भने–‘मेरा लागि त जहिले पनि चलचित्र नै चल्नुपर्छ । सुरुमा इनिसियल व्यापारमा नहुने र वर्ड अफ माउथले नै जित्नुपर्ने मेरो भोगाई हो ।’

हुन पनि हो, दिपेन्द्रले निर्देशन गरेको चलचित्र ‘पशुपति प्रसाद’ वर्ड अफ माउथकै कारणले आइतबारदेखि चलेको थियो । चलचित्रकी निर्मात्री मध्येकी एक शर्मिला पाण्डे पनि दर्शकले चलचित्र मन पराएपछि व्यापार बढेकोमा खुशी थिइन् ।
चलचित्र हेर्न पुगेका हाँस्य कलाकार हरिवंश आचार्यले यसको खुलेरै तारिफ गरे । यूवाहरुको बेरोजगारी समस्यालाई हाँस्यरसको माध्यमबाट प्रस्तुत गरिएको भन्दै उनले चलचित्रको प्रशंसा गरे । सो अवसरमा, चलचित्रको टिमले हरिवंशको जन्मदिनको अवसर पारेर केक पनि काटेको थियो ।

चलचित्र ‘चङ्गाचेट’को व्यापार मल्टिप्लेक्समा सुखद देखिन थालेको छ । सुरुका दिनमा केही कमजोर भएपनि अब दर्शकले चलचित्र मन पराएका कारण व्यापार बढेको हल संचालकहरु बताउँछन् । ‘चङ्गाचेट’का लागि थ्रेट बनेको बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ भारतमा जस्तै नेपालमा पनि साह्रै कमजोर बनेपछि माधव वाग्ले र शर्मिला पाण्डे निर्मित चलचित्रलाई फाइदा भएको हो ।

चलचित्रको प्रचारमा कलाकारको साथ नमिलेको प्रष्ट हो । कलाकारले साथ नदिएपनि दर्शकले भने अहिले साथ दिन थालेका छन् । चलचित्रमा आशिरमान देशराज जोशी, रविन्द्र झा र सन्दिप क्षेत्री मुख्य भूमिकामा छन् । अर्पण थापाको भूमिकाले पनि दर्शकलाई बाधेर राखेको छ । सुरक्षा पन्त ३ पात्रसँग इन्गेज भएका कारण धेरै दृश्यमा देखिएपनि प्रियंका कार्की र परमिता आर एल राणा चलचित्रमा सो पिस मात्र छन् ।

कमेडी चलचित्रमा आफ्नो पहिचान बनाइसकेका रविन्द्र झा र सन्दिप क्षेत्री चलचित्रका मुटु हुन् । यी दुइको अभिनय र कमेडी संवादले चलचित्रलाई दिक्क हुन दिएको छैन ।  ‘चङ्गाचेट’ चलचित्रको व्यापार अझै सुखद हुने देखिएको छ । यसले, निर्मातालाई भने ठूलै राहत दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment