+
+
Shares

गोरखामा वर्षेनी दश प्रतिशतले विद्युत माग बढ्दो

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २८ गते १५:४७

२८ कात्तिक, गोरखा । जिल्लामा वर्षेनी दश प्रतिशतले विद्युतको माग बढ्ने गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्ऽ गोरखाले जनाएको छ ।

ग्रामीण भेगमा केन्द्रीय प्रशारणको लाइन विस्तारसँगै विद्युतीय उपकरणको प्रयोग बढ्न थालेपछि माग बढेको कार्यालय प्रमुख माधव न्यौपानेले बताए । ‘वर्षेनी ग्राहक बढेका छन्, ग्राहक बढ्नु भनेकै बिद्युतको माग बढ्नु हो,’ उनले भने ।

गत आर्थिक वर्ष जिल्लामा कुल ३७ हजार ६४ जना ग्राहक रहेको उनले बताए । ‘यस वर्षको असोज महिना सम्ममा ३७ हजार ७९८ जना ग्राहक भइसकेका छन्, ग्रामीण भेगमा लाइन बिस्तार गर्दैछौ त्यसपछि झन् विद्युतको माग बढ्छ,’ उनले भने । ग्राहक मध्य केही औद्योगिक भएपनि अधिकांश साधारण ग्राहक रहेको उनको भनाइ छ ।

केही समयअघि मात्र सिम्जुङ्गमा केन्द्रीय  प्रशारणको लाइन जडान गरेको कार्यालयले मुच्चोक, हंसपुर र खरिवोटमा पनि लाइन बिस्तार गर्ने तयारी गरेको छ ।
त्यस्तै बारपाक र लाप्राकमा पनि केन्द्रीय  प्रशारणको लाइन जडान गरिने कार्यालय प्रमुख न्यौपानेले बताए । चालु आर्थिक वर्ष थप एक हजार घरमा विद्युत जडान गर्ने कार्यालयको योजना छ ।

माग अनुसारको विद्युत प्रवाह गर्न कुनै समस्या नभएको कार्यालयले जनाएको छ । सवस्टेशन अपग्रेड भएसँगै माग अनुसार विद्युत सेवा प्रवाह गर्न सहज भएको न्यौपानेले बताए । ‘पहिले सवस्टेशनहरु अपग्रेड थिएनन्, माग अनुसार पावर पुग्थेन तर अहिले कुनै समस्या छैन, उपभोक्ताहरु ढुक्क भएर चाहेजति बिद्युत प्रयोग गर्न सक्नुहुन्छ,’ उनले भने ।

तिहारको लक्ष्मीपुजाको दिनमा सबैभन्दा बढी बिद्युतको माग हुने कार्यालयले जनाएको छ । ‘यस वर्ष अत्याधिक माग लक्ष्मीपुजाको दिन ६.५ मेगावाट थियो, तर हामीले माग अनुसारको पावर सप्लाइ गर्‍यौ कुनै समस्या भएन,’ उनले भने ।

माग अनुसारको बिद्युत पावर वितरण गर्न कुनै समस्या नभएको कार्यालयले जनाएको छ । तर प्रणाली सुदृढिकरण गर्नुपर्ने न्यौपानेले बताए ।

प्रणाली सुदृढिकरण अन्तरगत काठका पोलहरु प्रतिस्थापना गर्नुपर्ने, मसिना कन्डक्टरको ठाउँमा मोटो कन्डक्टर राख्नुपर्ने र अहिले भइरहेको लाइन संरचनालाइ आधुनिक र भरपर्दाे संरचना बनाउनुपर्ने उनको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?