+
+
Shares

युरोपीय संघबाट बाहिरिने ब्रिटेन मन्त्रिपरिषदको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २९ गते ७:००

२९ कात्तिक, काठमाडौं । ब्रिटेन युरोपीय संघबाट बाहिरिने भएको छ । ब्रिटेन सरकारको मन्त्रिपरिषदले युरोपीय संघबाट अलग हुने निर्णय गरेको हो । यस विषयमा मन्त्रिपरिषदमा पाँच घण्टा लामो छलफल भएको थियो ।

प्रधानमन्त्री टेरिजा मेले यो अन्तिम निर्णय भएको बताइन् । उनले यो निर्णय ब्रिटेनको हितमा भएको पनि दाबी गरिन् ।

यसबाट रोजगारी जोगिने र देशको सुरक्षा तथा संवैधानिक एकताका लागि मद्दत पनि पुग्ने बताइन् । यसले ब्रिटेनलाई आफ्नो कानुनमा नियन्त्रण हासिल हुने प्रधानमन्त्री मेको भनाइ छ ।

प्रधानमन्त्री टेरिजा मेले युरोपीय संघबाट बाहिरिने निर्णयको औपचारिक जानकारी बिहीबार संसदलाई गराउने बीबीसीले जनाएको छ ।

यस निर्णयलाई लिएर प्रधानमन्त्री मेको विरोध भइरहेको छ । विपक्षी पार्टीका केही मन्त्रीहरुले प्रधानमन्त्रीको आलोचना गरेका हुन् । लेबर पार्टीका मन्त्री जेरिमी कार्बिनले भनेका छन्, ‘संसदमा यो रोकिन सक्छ ।’

यसअघि ब्रसेल्समा आयोजित युरोपिय संघमा आवद्ध २७ देशका राजदूतहरुको महत्वपूर्ण बैठक ब्रेक्जिट सम्झौताको प्रस्तावित मस्यौदामा छलफल विनै सकिएको थियो । तर, अब ब्रिटेनको मन्त्रिपरिषदले गरेको निर्णयपछि ब्रेक्जिटमा युरोपीय संघको मध्यस्थकर्ता माइकल बार्नियरले यो दुवै पक्षको हितमा हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?