Comments Add Comment

क्रोएसियासँग हार्‍यो स्पेन

३० कात्तिक, काठमाडौं । क्रोएसियाले युईएफए नेसन्स लिग फुटबलमा स्पेनलाई पराजित गरेको छ ।

शुक्रबार बिहान भएको खेलमा क्रोएसियाले स्पेनलाई ३–२ गोलको रोमाञ्चक जित निकालेको हो । क्रोएसियाको जितमा टिन जेडभाजले दुई गोल गर्दा आन्द्रेज क्रमारिचले एक गोल गरे । ड्यानीअल सेबालोस र सर्जियो रामोसले गोल गर्दा पनि स्पेनलाई जित दिलाउन सकेनन् ।

दुवै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । खेलको ५४औं मिनेटमा क्रमारिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै सेबालोसले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरी दिलाएका थिए ।

खेलको ६९औं मिनेटमा जेडभाजले गोल गरेपछि क्रोएसियाले फेरी २–१ गोलको अग्रता बनाएको थियो । ७८ औं मिनेटमा रामोसले गोल गर्दै स्पेनलाई २–२ गोलको बराबरी दिलाएका थिए । खेलको अतिरिक्त समयमा जेडभाजले अर्को गोल गरेपछि क्रोएसियाले स्पेनमाथि ३–२ गोलको रोमाञ्चक जित निकालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment