Comments Add Comment

वीरगञ्जको हड्डी कारखाना संसदीय समितिको निगरानीमा

३० कात्तिक, काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पर्साको वीरगञ्ज सौराहमा रहेको हड्डी कारखानाको अनुगमन गर्ने भएको छ ।

हड्डी कारखानाका कारण दुर्गन्ध फैलिएको र वातावरण प्रदुषण भएको भन्दै समितिमा उजुरी परेको थियो । शुक्रबार बसेको समिति बैठकले उक्त उजुरीमाथि छलफल गर्दै हड्डी कारखानाको स्थालगत अनुगमन गर्नुपर्ने निश्कर्ष निकालेको छ ।

उक्त कारखानाबारे पारेको वातावरणीय असर/प्रभावकारे अवलोकन/अध्ययन गर्नका लागि उपसमिति गठन गर्ने निर्णय पनि भएको छ । समितिको अर्को बैठक यही १९ गते बस्ने तय भएको छ ।

उक्त वैठकले उपसमिति गठन गर्ने जनाइएको छ । उपसमितिले हड्डी कारखानाको स्थलगत अनुगमन गरि रिर्पोट तयार पार्नेछ । रिर्पोटका आधारमा समितिले आवश्यक निर्णय गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment