Comments Add Comment

गर्भावस्थाका तीन चरण : कति बेला हुन्छ खतरा ?

गर्भावस्था एक विशेष मात्र नभएर जटिल अवस्था हो । यो अवस्थामा आमाले आफ्नो स्वास्थ्यको पूर्ण सावधानी अपनाउन जरुरी हुन्छ । खानपान र आरामका साथै आफ्नो शरीरमा आउने विभिन्न परिवर्तनवारे पनि उत्तिकै ख्याल राख्नुपर्छ । किनकी यस्तो अवस्थामा हुने सामान्य कमजोरीले पनि ठूलो दर्घटना निम्त्याउन सक्छ । यी हुन् गर्भावस्थामा आउने परिवर्तन र निम्तन सक्ने खतरा :

पहिलो अवधि : शुरुदेखि १२ हप्तासम्म

– गर्भावस्थालाई खासगरी तीन चरणमा विभाजन गरिन्छ । गर्भ बसेको दिनदेखि १२ हप्तासम्मको अवधिलाई पहिलो चारण्को रुपमा लिने गरिन्छ । गर्भवति आमालाई यो अवधिमा निकै खतरा हुने गर्छ ।

– यो अवधिमा गर्भ तुहिने सबैभन्दा बढी सम्भवाना हुन्छ । खासगरि भ्रुणमा समस्या भएमा, पोषण नपुगेको अवस्थामा, एनिमिया भएमा गर्भ तुहिने अत्याधिक खतर हुन्छ ।

– यो अवधिमा बेलाबखत ‘स्पोट ब्लीडिङ’ हुन सक्छ । यो भनेको एक दुई थोपा रगत देखिनु हो । यो सामान्य रुपमा लिनुपर्छ । तर, तर, अलि बढी नै ब्लीडिङ हुन थाल्यो भने स्वास्थ्य परिक्षण गराइहाल्नुपर्छ । किनभने यस्तो अवस्थामा गर्भपतन हुने खतरा बढेर जान्छ ।

– सामान्यतया गर्भ बसेको १० हप्तापछि वाकवाकी लाग्न शुरु हुन्छ । कसैलाई आवश्यकभन्दा बढी पनि वाकवाकी लाग्न सक्छ । यस्तो कि त पोषण तत्वको सन्तुलन नमिलेर हुन्छ की बढी हर्मोनको कारणले ।

– यो अवधिमा गर्भवति आमाले टिजी खोप र फोलिक एसिड लिनुपर्छ ।

– कहिलेकाँही ‘हाइडाटिड मोल’ पनि हुन सक्छ । यो भनेको गर्भ नबस्ने, तर गर्भवतिको जस्तो लक्षण देखिनु हो । यस्तो अवस्थामा महिलाको पाठेघरमा बच्चा नहुर्केर अर्कै कुरा(एक प्रकारको मासुको डल्ला) हुर्किरहेको हुन्छ । यस्तो समस्या भएमा चिकित्सकको मदतले वास गरी फाल्नुपर्ने हुन्छ ।

दोस्रो अवधि : १३ देखि २८ हप्तासम्म

– यो अवधिमा आमाको शरिरमा रगतको मात्रा बढी हुने गर्छ । यो अवधिमा खासगरि प्लाज्मको मात्रा बढी हुने गर्छ । यो चरणमा एनिमियाको पनि डर हुन्छ । त्यसैले रगतको मात्रा जाँच गरिराख्नुपर्छ ।

– यो अवधिमा अधिकलाई रक्तचाप बढ्ने समस्या हुन्छ । जुन आमा र बच्चा दुवैको लागि खतरा हो । उच्च रक्तचाप कतिसम्म खतरनाक छ भने कुल भर्भवति आमाको मृत्यूमध्ये २१ प्रतिशतको ज्यान यसकै कारण जाने गरेको छ । त्यसैले समय-समयमा रक्तचाप जाँच गरी आवश्यक सजकता अपनाउनुपर्छ । तर, यो अवधिमा गर्भ तुहिने सम्भावना भने अत्यन्तै न्युन हुन्छ ।

– १६ देखि २० हप्ताको अवधिबाट आमाले पेटमा बच्चा चलेको अनुभुति गर्न थाल्छ । यस्तो अवस्थामा पनि विशेष ख्याल राख्नुपर्छ । बच्चा कम वा बढी चल्यो भने जाँच गर्न जरुरी  हुन्छ ।

– यो अवधिमा दुई पटक अनिवार्य स्वास्थ्य जाँच गर्नुपर्छ । त्यस्तै, आइरन, क्याल्सीयम, जुको आषधी पनि लिनुपर्ने हुन्छ ।

तेस्रो अवधि : २९ देखि ४० हप्तासम्म

– गर्भावस्थाको तेस्रो चरणमा प्रवेश गर्दा शिशुको तौल अत्याधिक बढ्ने गर्छ । यो अवधिमा शिशु कुन पोजिशनमा छ भनेर जनकारी लिन जरुरी हुन्छ ।

– यो अवधिमा राती १० र दिउसो दुई घण्टा अनिवार्य आरामको जरुरी हुन्छ । भारी काम गर्न हुँदैन तर, सामान्य घरायशी काम गर्दा कुनै फरक पर्दैन ।

– गर्भवति भएको आठौ र नावौं महिनामा खोप लिनुपर्छ । यो अवधिमा साल र नालको पनि विकास हुन्छ । यसको विकासक्रमबारे पनि राम्रोसँग जानकारी हुन पनि जरुरी हुन्छ ।

– यो अवस्थामा पेट दुख्ने समस्या हुन्छ । बढी पेट दुखेमा आमा र बच्चा दुवैको लागि खतरा हुन सक्छ । त्यस्तै, कतिपय गर्भवती महिलामा पानीको फोका फुटेर बग्न पनि सक्छ ।

– गर्भवती भएको अन्तिम महिनामा जन्मको तयारी गर्नुपर्छ । यस्तो अवस्थामा कहाँ लगेर डेलिभरी गर्ने, रकम, सम्भावित जटिलता समाधानको लागि पूर्व तयारी राम्रोसँग गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment