Comments Add Comment

नेपालमा लगानी गर्न तयार रहेकाे चिनियाँ व्यापारीकाे भनाइ

३ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा आएका चिनियाँ उद्योगी एवं व्यापारीहरुले नेपालमा लगानी गर्न आफूहरु तयार रहेको बताएका छन् ।

सोमबार नेपाल चेम्बर अफ कमर्शमा आयोजित कार्यक्रममा चीनको हाइनान चेम्बर अफ कमर्सका पदाधिकारीहरुले नेपालमा लगानी गर्न तयार रहेको बताएका हुन् ।

नेपालमा लगानीको वातावरण बनेको विषयमा जानकार रहेको भन्दै कुन क्षेत्रमा कसरी लगानी गर्न सकिन्छ भनेर हाइनान चेम्बरका पदाधिकारीहरुले जिज्ञासा राखेका थिए ।

हाइनान चेम्बरका उपाध्यक्ष चेनहुङ लाईङ्गले नेपाली व्यापारीहरुसाग सहकार्य गर्न पाउदा एकदमै खुसी लागेको भन्दै आगामी डिसेम्बरमा चीनको हाइनान शहरमा हुने कृषि मेलामा नेपाललाई पनि सहभागी गराउने बताए ।

नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको हस्तकला प्रदर्शनीका लागि उक्त मेलामा स्टल उपलब्ध गराइदिन आग्रह गरे ।

अध्यक्ष श्रेष्ठको आग्रहलाई स्वीकार गर्दै हाइनान चेम्बरका उपाध्यक्ष चेनहुङले नेपालीहस्तकला प्रदर्शनका लागि स्टल उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाल चेम्बर र हाइनान चेम्बर अफ कमर्सबीच समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment