+
+
Shares

केराको आयात घटाउन भन्सार दर बढाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ३ गते १९:०७

३ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले भारतबाट आइरहेको केराको आयात घटाउनका लागि भन्सार दर बढाउने गृहकार्य भइरहेको बताएका छन् । त्यसका लागि कसरी, कति मात्रामा बढाउने भनेर अर्थमन्त्री डा. युवराज खतिवडासँग निरन्तर छलफल भइरहेको मन्त्री खनालले बताए ।

दश जिल्लाबाट आएका केरा उत्पादक संघका अध्यक्षहरुको ज्ञापन पत्र बुझ्दै मन्त्री खनालले अर्थमन्त्रीसँग बिजकीकरणालाई हेरेर भारतबाट आयातित घ्युमा जस्तै भन्सारको दर रेट समायोजन गर्ने गृहकार्य भइरहेको बताए ।

अहिले भारतबाट केरा आयात गर्दा ५ प्रतिशत भन्सार दर लाग्ने गरेको छ । केरा व्यवशायीले त्यसलाई बढाएर ३० प्रतिशत पुर्याउनु पर्ने माग गरेका छन् । त्यसो गर्दा भारतबाट आयातित केरामा प्रतिष्प्रर्धा गर्न सकिने र नेपाली केरा डम्पिङ्ग गुर्न पर्ने समस्या समाधान हुने उनीहरुको भनाइ छ ।

राज्यको नीति सहि हुने र नेपाली उत्पादनलाई प्रवर्धन गर्ने हो भने नेपाल केरामा गुजारा चलाउने अवस्थामा रहेको मन्त्री खनालको भनाइ छ ।

भन्सार समायोजन गर्ने, महंगो भए पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने र लागत मूल्य घटाउने बारे स्पष्ट नीतिको आवश्यकता रहेको भन्दै आफूले त्यसका लागि पहल गर्ने खनालको भनाइ थियो ।

व्यवशायीले कैलाली, कंचनपुर र बारा लगायतका जिल्लाहरुमा केराको जोन बनाउनको लागि आवश्यक मापढण्ड पूरा भएकोले केराको जोन तथा सुपरजोन घोषणा गरी प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना लागु गरिनु पर्ने, कृषकलाई कृषि व्यवसायको लागि सहुलियत कृषि ऋणको व्यवस्था गरिनु पर्ने र हाल केरा व्यवसायमा प्रयोग भएको थोपा सिचाई प्रबिधिमा प्रयोग हुने पानीमा घुलनशिल मलको व्यवस्था गरिनु पर्ने, भन्सारमा अन्डर बिल तथा अन्डर परिमाणको माध्यमबाट राजश्व छली भैरहेको र आलु, केरा तथा अन्य तरकारीको आयातमा अन्य अबैध बस्तु जस्तो मिठाई, कालो प्लाष्टिक व्याग, चिनीलगायतका बस्तुको आयात भै रहेकोलेे आयातित बस्तुको कडाइका साथ चेकजाच तथा परिमाण एकिन गरी भन्सार छलिको अन्त्य गरिनु पर्ने लगायत ७ बुँदे माग मन्त्री खनाललाई बुझाएका छन् ।

कैलाली कंचनपुर, बाके बर्दिया, दाङ्क, रुपन्देही, नवलपरासी, चितवन, बारा, सर्लाही, मोरङ्ग, सुनसरी लगायतका जिल्ल्ाामा करिव १८ हजार हेक्टरमा २५ हजार कृषकले व्यवसायीक केरा खेती भैरहेको छ भने ५० हजार यूवाले रोजगारीको अवसर प्राप्त गरेको व्यवशायीको दावी छ । उक्त केरा खेतीवाट झण्डै ७ लाख मेटि्रकटन बाषिर्क उत्पादन भैरहेको छ ।

अहिले झण्डै २५ हजार कृषकले व्यवसायीक केरा खेती गरिरहेका चितवन केरा उत्पादक संघका अध्यक्ष यज्ञप्रसाद सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?